बैतडी,
जिल्ला अस्पताल बैतडी न्युनतम स्वास्थ्य मापदण्डमा देशभरीमै दोश्रो स्थानमा रहेको छ । सुदूरपश्चिममा पहिलो स्थानमा आएको बैतडी अस्पताल देशभरीमै दोश्रो स्थानमा रहेका हो ।
९१ प्रतिशतसहित पहिलो स्थानमा रहेको दमौली अस्पतालपछि ८९ प्रतिशतसहित बैतडी अस्पताल दोश्रो स्थानमा रहेको हो ।
अस्पतालको संरचना, व्यवस्थापकीय पक्ष र अस्पतालले प्रवाह गर्ने न्युनतम स्वास्थ्य सेवा र व्यवस्थापनका सूचकको आधारमा गरिएको सर्बेक्षणमा बैतडी अस्पताल दोश्रो स्थानमा रहेको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेश श्रेष्ठले जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइन इन्स्टिच्युट गरेको सयुक्त रुपमा अनुगमन गरेको थियो । उक्त अनुगमनमा बैतडी अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरको थियो ।
लगातार दोश्रो कार्यकालका लागि जिल्ला अस्पताल बैतडीको अध्यक्ष नियुक्त भएर अस्पतालको व्यवस्थापकिय जिम्मेवारी समालेकी पार्वती भट्टले बैतडीबासीको लागि सुखद पक्ष भएको बताएकी छन् । जिल्ला अस्पतालमा अहिले ८ जना डाक्टरले सेवा दिइरहेका छन् । नवनिर्मित भवनबाट आइसियू सहितको सुबिधा प्रदान भइरहेको छ ।
श्रोत : स्टारभुलेटिन न्यूज
मङ्सीर १८ २०७९
Repoter : shirjana nayak