आज १८ गते
राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थि संगठनले सि.टि.ई.भि.टि.लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
देशको प्राबिधिक र व्यसायिक शिक्षा तालिम परिषद समयानुकुल शिक्षाको गुणस्तर बिकासको लागि पाठ्यसामग्रि,शिक्षण विधि र शैक्षिक व्यवस्थापन एवम परिक्षा प्रणालिमा सुधार गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरिय र वैज्ञानिक शिक्षाको विकास आजको आवश्यकता हो ।राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थि संगठन अन्तराष्टिय परिवेश अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको प्रत्याभुतिका लागि प्रतिबद्ध रहेको छ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक र तालिम परिषदमा बढ्दै गएको बिकृति, बिसंगति र राजनितिक भागवण्डाका कारण आज परिषदको छबि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खस्कदै गएको पाएको छ । पछिल्लो समय प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले सिभिल ओभरसियर चौथो सेमेष्टार लगायत बिभिन्न तहको परिक्षाको नतिजा समयमै प्रकाशन र्गन नसक्दा बिद्यार्थिहरु अन्योलमा परेका छन । परिषदको नतिजा प्रकाशनमा हुने गरेको ढिलाईले बिद्यार्थिहरुको शैक्षिक भविष्यमा प्रभाव पर्नुका साथै माथिल्लो तहको नयाँ भर्नामा समेत ढिलाई हुने हुदा तत्काल परिक्षाफल सार्वजनिक गर्न रा.प्र.वि.स. जोडदार माग गरेका छन ।साथै केहि शैक्षिक कार्यक्रमहरुको समयमा परिक्षा हुन नसकेको,परिक्षा नै अन्योलमा रहेको हुदा यस विषयलाई दृष्टिगत गरि अगामि दिन हरुमा समयर्मै परिक्षको वातावरण सिर्जना गर्न तथा परिक्षाको नतिजा तत्काल प्रकाशन गर्न अनुरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विधार्थी संगठनले CTEVT लाई ध्यानाकर्षण गराइएको बारे राप्रविसका सचिवालय सदस्य लक्ष्मण सिंहले जानकारी दिनु भयो् ।