प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् ।
![Tata](https://npratopaticdn.prixacdn.net/media/promo/Tata_Js3GtSqWkb.gif)
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन ।
![pokhara-airport (1)](https://npratopaticdn.prixacdn.net/media/news/pokhara-airport-(1)_BuireNpzGA.jpg)
समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको हो । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित छन् ।
![pokhara-airport (2)](https://npratopaticdn.prixacdn.net/media/news/pokhara-airport-(2)_Ph8CmF5aKI.jpg)
![pokhara-airport (4)](https://npratopaticdn.prixacdn.net/media/news/pokhara-airport-(4)_eNBGyogwty.jpg)
![pokhara-airport (7)](https://npratopaticdn.prixacdn.net/media/news/pokhara-airport-(7)_3iJ8mSALAv.jpg)
![pokhara-airport (8)](https://npratopaticdn.prixacdn.net/media/news/pokhara-airport-(8)_GBmc574eWa.jpg)