गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्।
मंगलबार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
त्यस निर्देशन अनुसार बिहीबार साँझ ५ बजेसम्म १९४ जना सुरक्षाकर्मी फिर्ता भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।
फिर्ता भएकामध्ये नेपाल प्रहरीका १०३ जना छन्। यता सशस्त्र प्रहरी बलका ९१ जना फिर्ता भएका हुन्।


फिर्ता भएका सुरक्षाकर्मीहरू सबे केन्द्रका हुन्। जिल्लाबाट सबै अपडेट आइनसकेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।
‘यो केन्द्रबाट साँझ ५ बजेसम्ममा आएको रिपोर्ट अनुसार हो। यसबाहेक जिल्लागत रूपमा सबै डिटेल्स आइसकेको छैन। त्यहाँ पनि सुरक्षाकर्मी फिर्ता गर्न भनेर निर्देशन दिइएको छ,’ उनले भने।
By setopati