नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्नेहरूमाथि कारबाही सिफारिस गर्ने समय फेरि थप गरेको छ।
कांग्रेस सचिव प्रेम केसीका अनुसार जिल्ला र प्रदेश अनुशासन समितिले कारबाही सिफारिस अब माघ १५ गतेसम्म केन्द्रमा पठाउन सक्छन्।
गत मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभा चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारमाथि केही ठाउँमा पार्टीभित्रकै नेताहरूले अन्तर्घात गरेको आरोप लाग्ने गरेको छ।
कांग्रेस अनुशासन समितिमा अन्तर्घातबारेका सिफारिस आउने क्रम जारी छ। केही कार्यसमितिहरूबाट अन्तर्घात गर्नेहरूका विवरण पठाउन समय थप गरिदिन माग भएकोले माघ १५ गतेसम्मका लागि म्याद दिइएको केसी बताउँछन्।
प्रकाशित मिति: बिहीबार, पुस १४
setopati