बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ ।
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/250x250-ridhi-sidhi-cement-1.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/250x2502.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/250X250.gif)
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् । बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्यको नाताले पद तथा गोपनियताको शपथ लिएका उनले अरु सांसदले बिहीबार शपथ गराउँदै छन् ।
Onlinekhabar