मेलौली नगरपालिकामा लागेको ताला खोल्ने सहमती भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको रहोबरमा तालाखोल्ने सहमती जुटेको छ ।
आज दिउसो आन्दोलनरत पक्ष, कार्यवहाक नगर प्रमुख एवं वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्ट, वडा नं ८ का वडा अध्यक्ष तपेन्द्र सिंह बिष्ट र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको उपस्थिीतीमा तालाबन्दी खोल्नेबारे छलफल भएको थियो। भोलीदेखि पालिकाबाट नियमित सेवा प्रवाह गर्ने सहमती जुटेको छ ।
गत मंगलबार वडा नं ७ का स्थानीयहरुले केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका थिए । नगर प्रमुख भीम बहादुर चन्द काम विशेषले पालिका बाहिर रहेकाले पालिकामा आएर नगर प्रमुख चन्दले अस्पताल निर्माणबारे निर्णय नगरुन्जेलसम्मको लागि ताला खोल्ने सहमती जुटेको हो।
By melaulinews