राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने भएका छन्।
प्रतिनिधि सभामा रास्वपाका २० सिट सांसद छन्।
लामिछानेले आफू उपप्रधानमन्त्री र गृहमन्त्रीसहित सरकारमा जान लागेको सेतोपाटीलाई बताए।
‘म उपप्रधान र गृहमन्त्रीसहित सरकारमा जान लागेको हो। गठबन्धनमा यही समझदारी बनेको छ, पत्र भने प्राप्त भइसकेको छैन,’ उनले भने।


आज नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको थियो।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने तयारी गरेका छन्।
Setopati