
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।



शृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा शृङ्खलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ । बागमती प्रदेशको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको छ ।
By ratopati

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले शृङ्खला आयोजना गर्न लागिएको सदस्य–सचिव भण्डारीले बताए ।