बाराकाे महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै एक भारतीय नागरिकमाथि शुक्रबार साँझ गाेली प्रहार भएकाे छ ।
हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि गाेली प्रहार भएको हाे । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेको वीरगन्जस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ । यादवकाे छातीमा गाेली लागेकाे बताइएको छ ।
उनकाे अवस्था गम्भीर रहेकाे एक प्रत्यक्षदर्शीले बताए । माेटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गाेली प्रहार गरी फरार भएका थिए ।
घटनाबारे अनुसन्धानसहित गाेली हानी फरार भएकाे तीव्र खाेजी भइरहेकाे छ । घटनापछि त्यस क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरिएकाे छ ।
कलैया-बरियारपुर सडक खण्डकाे श्री स्वस्तानी पेट्राेल पम्प नजिक रहेकाे बाबानायक नामका व्यक्तिकाे हाेटेलमा घटना भएकाे हाे । घाइते यादव महागढीमाई नगरपालिकाकै बरियारपुरमा मामा पर्ने एक आफन्त कहाँ ५/६ महिनादेखि बस्दै आएका थिए ।
By kantipurnews