
काठमाडौँ ःअस्पताल निर्माणको बिषयलाई लिएर बैतडीको मेलौलीमा तनाब सिर्जना भएको छ। आज मेलौली नगरपालीका–०७ र वडा न १ का स्थानिय बिच झडप हुदा दुबै पक्षका केहि जना घाईते भएका छन।
वडा नम्बर ७ का स्थानीयहरुले १५ शैयाको अस्पताल केशरपुर स्वास्थ्य केन्द्रमै बनाउनुपर्ने माग राख्दै मगंलबार पालिकाका सबै शाखामा तालाबन्दि गरेका गरेका थिए। आज बन्दकर्तालाई छलफलका लागि बोलाउदा उपस्थित नभएको र सोवाग्राहिले कार्यालय खोल्नुपर्छ भन्ने दवाब सिर्जना गरेका कारण ताला खोलिएको थियो।
ताला खोलिसकेपछि वडा न ७ का स्थानियहरु नाराबाजि गर्दै पालिका प्रबेश गरेका थिए। पालिका प्रबेश गरिसकेपछि वडा न १ का स्थानियहरु सगं बिबाद हुदा दुबै पक्षबिच झडप भएको हो।
झडपमा परि दुबै पक्षका महिलाहरु पनि घाईते भएका छन । झडपमा कति जना घाईते भए भन्ने बारेमा एकिन जानकारी आउन बाकि रहेको छ। दुबैपक्षबिच भएको झडप प्रहरीले केहि समयमै साम्य गरेको थियो।
तालाबन्दि कुनैपनि बिषयको स्थायी समाधान नभएकाले ईलाका प्रहरी कार्यालय मेलौलीको रहोबर, वडा न १ का वडा अध्यक्ष शरद सिह नेगि, वडा न ३ का वडा अध्यक्ष गगन सिह भाट र कार्यपालीका सदस्य बिजय पोखरेलको उपस्थितिमा ताला खुलेको कार्यबहाक नगर प्रमुख कृष्णदत्त भट्टद्धारा जारि बिज्ञप्ती मार्फत जानकारी गराइएको छ।
By melaulinews