![](https://sushasanonlinenews.com/wp-content/uploads/2022/12/image-2.jpeg)
राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् ।
![](https://ratopatis.prixacdn.net/media/250x250_4.gif)
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।