![](https://melaulinews.com/wp-content/uploads/2022/12/patan-nagarpalika-talabandi.jpg)
बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्य प्रकरणमा पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ । शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको हो । शिक्षक विष्ट मृत फेला परेको ५ दिन बितिसक्दा समेत सत्यतथ्य पत्ता नलागेकाले नगरपालिकामा तालाबन्दी गरेको घटनाको सत्यतथ्य छानविनका लागी गठित संघर्ष समितिले जनाएको छ ।
स्थानीय सरकार घटनाप्रति जवाफदेही नहुँदा सरकारलाई दबाब दिन तालाबन्दी गर्नुपरेको समितिकी संयोजक लिला विष्टले बताईन । यहि पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका भोलिपल्ट बिष्ट मृत अवस्थामा फेला परेका थिए ।
सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए । आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् । प्रहरीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जनाएको छ । मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
By melaulinews