
नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा चुनिएका छन् । बुधबार गरिएको दलको नेता चयन निर्वाचनमा प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गर्दा देउवाले ६४ मत पाएका थिए । सामाजिक सञ्जालमा यो विषयलाई लिएर विभिन्न खालको टीकाटिप्पणी भैरहेका छन् ।

यसैबीच, समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो विषयमा कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छाडेर परालतिर जान्छ कोही ?’
दीपकले कांग्रेसका सांसदहरु घाँस खान छाडेर परालतिर नजाने भन्दै व्यङ्ग्य गरेका हुन् ।