बैतडीको मेलौली नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । अस्पताल निर्माणको बिषयलाई लिएर नगरपालिकामा तालाबन्दी गरिएको हो । वडा नं ७ का स्थानीयहरुले १५ शैयाको अस्पताल केशरपुर स्वास्थ्य केन्द्रमै बनाउनुपर्ने माग राख्दै पालिकाका सबै शाखामा तालाबन्दी गरेका हुन् ।
केशरपुर स्वास्थ्य केन्द्रलाई नै १५ शैयाको अस्पतालको रुपमा रुपान्त्रण गर्न बेलाबेला भएका निर्णय, प्राबिधिक प्रतिबेदन, मन्त्रीपरिषदका निर्णयको बारेमा समेत अवगत गराउदै ज्ञापनपत्र समेत पेश गरिएको छ । भने तालाबन्दी पनि गरिएको छ ।
ज्ञापनपत्र कार्यालय समयमा नै बुझाएको छ र कार्यालय समय पछि तालाबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले जानकारी दिए । ‘केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतीकै बिषयमा हो, प्रमुख उपप्रमुख बाहिर हुनुहुन्छ, ’ उनले भने ।
यसैगरी सोमबार वडा नं १ का वडा अध्यक्षसहित स्थानीयहरुले वडा नं १ को बिठ्ठेनामा बन्नुपर्ने भन्दै नगरपालिकालाई पत्र बुझाएका थिए ।
हेर्नुहोस ज्ञापनपत्र
By melaulinews