![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/Pradip-poudel-kundan-kafle-gagan-thapa-1024x624.jpg)
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् ।
उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/Yanaha-nov-2022-250X250-3.gif)
कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।
प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/250X2502.gif)
संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।
थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।
पौडेले पनि खुलेपछि उनलाई पनि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदै छन् ।