![](https://ratopatis.prixacdn.net/media/albums/f_mqKbX17JBO.jpg)
भन्सार छलिको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा नियन्त्रणमा लिएको छ । बिओपी बीरगञ्जबाट खटिएको टोलीले ना.४ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
![](https://ratopatis.prixacdn.net/media/250x250_4.gif)
वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रकमा बिजविजक भन्दा धेरै औषधीसहितका सामान फेला परेको छ । करिब ७८ प्रकारका समान बोकेर भारतबाट नेपाल आउँदै गरेको सो ट्रकलाई सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
![](https://ratopatis.prixacdn.net/media/810_x_100_1.gif)
ट्रकमा करिब १ करोड ३९ लाख मूल्य बराबरको सामान फेला परेको छ ।