![](https://melaulinews.com/wp-content/uploads/2022/12/mean.jpg)
बैतडी-मेलौली नगरपालीका–०५को नौखोलामा डम्पिङ साईड बनाई फोहर नफाल्न स्थानियहरुले माग गरेका छन। आईतबार मेलौली नगरपालीकालाई ज्ञापन पत्र बुझाउदै आफ्नो वडा क्षेत्रभित्र पर्ने नौखोलामा डम्पिङ साईड बनाई फोहर नफाल्न स्थानियहरुले आग्रह गरेका छन
नगरपालीका भरिको फोहर बिसर्जन गर्ने डम्पिङ साईड नौखोलामा बनाउने कार्य नगरिदिनु भन्दै मेलौली नगरपालीका कार्यबहाक नगर–प्रमुख कृष्ण दत्त भट्ट र प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिलाई ज्ञापन पत्र बुझाईएको हो।
नौखोलामा डम्पिङ साईड बनाउन स्थानियहरुसगं कुनैपनि समुन्वय/सल्लाह नगरी एकलौटि तरिकाले फोहर ब्यवस्थापन गर्न खोजिएकाले त्यसो नगरिदिन नगरपालीकासगं आग्रह गरिएको जनाईएको छ।
नौखोला क्षेत्रभित्र सताब्दी पुरानो पानिको मुहान (न्वालो) सुक्ने, पुरानो बस्ति दुर्गन्धित हुने र बन जगंलमा प्रत्यक्ष असर पर्ने भएका कारण ५१ जना स्थानियहरुको हस्ताक्षर सहित पालिकालाई ज्ञापनपत्र बुझाइएको हो। आफुले गरेको आग्रह कार्यान्वयन नगरेमा कडा आन्दोलनमा उत्रिने समेत स्थायिनहरुले चेतावनि दिएका छन।
साथै नगरपालीकाले डम्पिङ साईड बनाउनु खोजेको क्षेत्रमा खेल मैदान, स्टेडियम र घरेलु उद्योग सञ्चालन गर्न वडा कार्यालय र नगरपालीलाई अनुरोध गरिएको छ।
५१ जना स्थानियहरुको हस्ताक्षर सहित पालिकालाई बुझाएको ज्ञापनपत्र-
![](https://melaulinews.com/wp-content/uploads/2022/12/1-2-300x244.jpg)
![](https://melaulinews.com/wp-content/uploads/2022/12/2-1-300x285.jpg)
![](https://melaulinews.com/wp-content/uploads/2022/12/3-1-210x300.jpg)
![](https://melaulinews.com/wp-content/uploads/2022/12/4-1-300x183.jpg)