काठमाडौँ ःबैतडी जिल्लाको मेलौलि नगरपालिका ७ मा अवस्थित मणिलेक बहुमुखी क्याम्पसको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बिच क्याम्पसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख भवानि सिह नायकले बताए।
स्नातक तह शिक्षा शास्त्र र ब्यवस्थापन संकायमा भर्ना भएका नयाँ बिद्यार्थीहरु र अभिभवाकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख नायकले बताए।
अभिमुखिकरण कार्यक्रममा बिद्यार्थीहरु र अभिभावकहरुलाई पढाई, लेखाई, अनुशासन, सिकाई सिद्धान्त, प्रगगि, अध्ययन र सकारात्मक सोचको बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई शिक्षण सिकाईका लागि उत्कृष्ट स्थान रहेकाले मणिलेक बहुमुखी क्याम्पसलाई छानेको बिद्यार्थीहरुले बताएका थिए।
पढाईका साथै नेतृत्व बिकास र सिप बिकासका लागि मणिलके बहुमुखी क्याम्पस अब्बल रहेको समेत बिद्यार्थीहरुले बताएका थिए।
अभिमुखिकरण कार्यक्रममा क्याम्पस प्रमुख नायकले विद्यार्थीहरुलाई आफ्नो उदेश्य पुरा गर्न जिम्मेवारी पुर्वक अध्ययनलाई अगाडि बढाउने र अभिभावकहरुको सपना पूरा गर्नका लागि आफु सधै प्रतिबद्ध रहने बताउनुभयो।
क्याम्पसमा पढाइको बाताबरण स्वच्छ र शान्तिपुर्ण रहेको भन्दै विद्यार्थीहरुको चाहना अनुसार समय सुहाउदो सिकाइ प्रणालीलाई अबलम्बन गर्ने समेत क्याम्पस प्रमुख नायकले बताउनु भयो । आजको दुनियाँमा मणिलेक बहुमुखी क्याम्पसले विद्यार्थीहरु नेतृत्वदायी भुमिकामा पुग्न सक्ने शिक्षा दिने भन्दै हरेक विद्यार्थीहरुको पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने पनि बताउनुभयो।