मङ्सिर २४ गते राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठकको कार्यादेशअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई समानुपातिक सूची सिफारिस गर्दासम्म राप्रपा महामन्त्री भुवन पाठक समानुपातिक परे नपरेको अन्योलमा थिए । पार्टीभित्र समानुपातिक सांसद बन्न हानथाप भएपछि पाठकसहितका सबै सदस्यको सिफारिस अध्यक्षले परामर्शका आधारमा गर्ने भनेर सोहीअनुसार सूची पठाइयो । पछि पाठकको नाम बन्दसूचीअनुसार नै बागमती प्रदेश सभा सदस्यमा सिफारिस भएको सार्वजनिक भयो ।
उनले रातोपटी मा दिएको अन्तर्बार्तबाट केहि हरफ लिएका छौ ।नुवाकोट पुर्ख्यौली थातथलो भएर राष्ट्रवादी आन्दोलनमा सक्रिय पाठक आफू पद प्राप्तिका लागि राजनीति नगरेको बताउँछन् । तर आएको जिम्मेवारी ठीक ढङ्गले फत्ते गर्न तयार रहेको बताउने उनी पार्टीले बागमती प्रदेश सभा सदस्य बनाएसँगै पार्टीका एजेन्डा र नीतिलाई सदनमा सशक्त ढङ्गले अघि बढाउने योजनामा छन् । पञ्चायतकालमा तत्कालीन विद्यार्थी मण्डलबाट राजनीतिमा सक्रिय उनी राप्रपाको स्थापनाकालदेखि नै आबद्ध भएका हुन् । राजदरबारसँग निकट मानिने पाठक पार्टीभित्र शालीन, सहकर्मीहरूसँग मिलनसार र स्पष्ट वक्ताका रूपमा समेत परिचित छन् । हाल पार्टीको निर्वाचित महामन्त्रीको भूमिकामा रहेका पाठक शाहीकालमा शिक्षा सहायक मन्त्रीसमेत बनेका थिए । उनले भने २०३६ सालमा एनटीएस (राष्ट्रिय विकास सेवा कार्यक्रम भन्ने एक कार्यक्रम थियो । त्यो कार्यक्रमअन्तर्गत एमए पढ्ने सबैले एक वर्ष गाउँमा गएर पढाउनुपथ्र्योे । त्यो समय म पढाउनँ, भिमोदय माध्यमिक विद्यालय आरुघाट गोर्खा पुगेको थिए । अहिलेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस नेता चिनकाजी श्रेष्ठ त्यहीका शिक्षक थिए ।हाम्रो देश भौगोलिक दृष्टिकोणले विश्वकै उत्कृष्ट छ । यो देशमा हरेक सम्भावन छन् । तर यो देशलाई हामीले व्यवस्थित गर्न सकेनौँ । यो मुलक विश्वको उत्कृष्ट मुलकको रूपमा हेर्ने र बनाउने मेरो सपना छ ।