काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज बिहान तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ,’तराईका केही भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’