अध्यादेश प्रकरणबारे राप्रपका प्रवक्ता शाहिले बोल्दै भने मन्त्रिपरिषदको आईतबारको बैठकले भावि सत्ता समिकरणलाई सजिलो बनाउनलाई विभिन्न राजनितिक समुहमा आबद्ध भएर बिभिन्न कसुरमा जेलमा रहेका कैदिबन्दिलाई रिहाई गर्ने सम्बधि व्यबस्था गर्ने निर्णय गरेको थियो । त्यसका लागि अध्यादेश ल्याउने भएको हो। उक्त अध्यादेशको सर्वत्र बिरोध भए सँगै राष्ट्रिय प्रजातन्त्र पार्टि जुम्लाबाट नवनिर्वाचित संसद युवा नेता ज्ञान ब.शाहिले विभिन्न मिडिया मार्फत र आफ्नो फेसबुकबाट लेख लेख्दै देउवा सरकारको अध्यादेश ल्याउने निर्णय प्रति आपत्ती जनाएका छन । उनले भने नेपाली जनता र राष्ट्रको हित बिपरित हुने गरि निर्वाचन भइसकेपछि संसद शुरु नहुदै काम चलाउ हैसियतको सरकारले आगामि सत्ता स्वार्थका लागि सौदाबाजि सहज गर्नलाई संविधान मिचेर ल्याउन लागेको अध्यादेशले बिधिको सासनको उल्लंघन र संविधान माथिको सिधा हस्तक्षेप भएकोछ। सरकारको आयु सिद्धिएर नयाँ निर्वाचन भइसकेपछि जनताको मतलाइ लत्याएर,नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको छ ।यो कामचलाउ सरकारले गरेकोे अनैतिक अध्यादेश असंवैधानिक छ । तत्काल यो गलत प्रकिृयाबाट आएको अध्यादेशलाई खारेज गर्नुपर्छ । कुनै व्यक्तिलाई केन्द्रित गरेर ल्याउन खोजेको अध्यादेशको घोर निन्दा गर्दै यो कदम राजनितिक निर्लज्जताको पराकाष्ठा हो। यो तत्काल फिर्ता हुनुपर्छ ।