काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभाको समानुपातिकतर्फ दोस्रो पुरुषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ । त्यसमध्ये पाँच महिला सांसद हुनेछन ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १४:४२