विद्यार्थी नहुँदा स्कुल नै बन्द हुने अवस्थामा पुगेको छ । चार जना शिक्षकहरू स्कुलमा केही बेर बसेर १ बजेतिर निस्किन्छन् ।
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/700x110-05112022100639.gif)
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/ekantipur-8-08112022100038.gif)
सल्यान — जिल्लाकै सबैभन्दा पुरानो विद्यालयको रुपमा चिनिने शारदा नगरपालिका ३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालय विद्यार्थी बिहीन बनेको छ । स्थानीय अभिभावकहरूले आफ्ना सन्तानलाई निजी स्कुलहरूमा लैजाने क्रम बढिरहँदा उक्त विद्यालय विद्यार्थी शून्यप्राय: बनेको हो ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2022/third-party/school-09122022104852-1000x0.gif&w=1000&h=0)
शिक्षकहरुले राम्ररी नपढाएको भन्दै अभिभावकहरूले आफ्ना बच्चा निजी स्कुलमा लैजाने गरेको र नियमित विद्यार्थीहरू पनि पढ्न नआउने गरेको स्थानीय अगुवाहरू बताउँछन् । एकदेखि पाँच कक्षासम्म संचालित विद्यालयमा प्रधानाध्यापकसहित तीन स्थायी र एक बालविकास सहयोगी गरी उक्त विद्यालयमा चार जना शिक्षक कार्यरत छन् ।
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/250x250-3-23112022114008.gif)
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/ekantipur-250x250-21112022122456.gif)
विद्यार्थी बिहीन भए पनि उनीहरू विद्यालयमा हाजिर गरेर दिउँसो एक बजेतिरै घर फर्कने गरेका छन् । यसैबीच विद्यार्थी नहुँदा यो विद्यालय सुनसान मात्र नभई बन्द हुने अवस्थामा पुगेको छ । वि.स. १०९० ताका भाषा पाठशालाको रुपमा संचालित उक्त विद्यालय लामाचौतारास्थित खड्गदेवी मन्दिरको प्रांगणमा भवन निर्माण गरेपछि ४० वर्षअघि खड्गदेवी प्रावि नामाकरण गरिएको थियो ।
प्रधानाध्यापकदेखि सबै शिक्षक महिला रहेको विद्यालयमा शिक्षक र सम्बन्धित निकायले अनुगमन पनि नगर्दा पठनपाठनको गुणस्तर पनि खस्किँदै गएको स्थानीय अगुवाहरूको गुनासो छ । जसकारण आफ्ना बालबालिकालाई अन्यत्र लैजानु परेको अभिभावकहरू बताउँछन् ।
कतिपय बालबालिकाहरू त विद्यालय नै जाने गरेका छैनन् । अभिभावाक आइतु सिंह भन्छन्, ‘दुई जना नातीनतिना स्कुल जानै छोडेका छन् । पढ्न जाऊ भन्दा पनि पढाइ नै हुँदैन किन जाने भनेर घरमै बस्छन् ।’
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/ekantipur-advert1192022-09112022113415.gif)
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/lbslac15x-returns-250x250-30112022031350.gif)
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/ads/ekantipur-250x250px-0822022124747.gif)
सम्बन्धित निकाय र शिक्षकहरूकै लापरबाहीका कारण यो पुरानो विद्यालय अहिले नाजुक अवस्थामा पुगेको स्थानीय डिल्ली बस्नेतले गुनासो गरे । शिक्षकहरूले पनि शिक्षा सुधारका लागि कुनै उपाय नखोजेको बस्नेत बताउँछन् ।
बस्नेतका अनुसार कुनै बेला २ सयसम्म विद्यार्थी भर्ना हुने गरेको उक्त विद्यालयमा हाल १६ जना मात्रै भर्ना भएका छन् । अघिल्लो वर्ष भने जम्मा १९ जना भर्ना भएका थिए । त्यसमा पनि उनीहरू नियमित रुपमा पढ्न जाने गरेका छैनन् ।
त्यसो त, विद्यालय यस्तो अवस्थामा पुग्नुमा शिक्षकहरू मात्रै नभएर अन्य सम्बन्धित निकाय पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् अभिभावकहरू ।
प्रधानाध्यापक मिजु महर्जन भने अन्य सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ भइरहँदा यहाँ त्यस्तो अवसर नहुँदा विद्यार्थीहरूको आकर्षण घटेको बताउँछिन् । साथै अभिभावकको भूमिका निर्वाह गर्ने कोही नहुँदा व्यवस्थापनमा केही कमजोरी भएको उनले स्वीकार गरिन् ।
प्रअ महर्जन भन्निछन्, ‘विद्यार्थी बढाउन हामीले कोसिस नगरेका हैनौं । घरघरमा पुगेर विद्यार्थी खोजेर समेत ल्यायौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकेन,’ उनले भनिन् ‘अभिभावकबाट खासै सहयोग मिलेन । बच्चाबच्ची पनि धेरै छैनन् । हुनेखानेका छोराछोरी सबै निजीमा गइसके । यहाँ त आर्थिक अवस्था कमजोर भएका मात्रै भर्ना भए । ती पनि नियमित आएनन् । अहिले त आउनै छाडेका छन् ।’
मर्जमा समस्या
उनका अनुसार आर्थिक वर्ष २०७२ मा विद्यार्थी नभएकै कारण शारदा नगरपालिका ३ बडाखोलास्थित द्धारिका र सिरुवारस्थित बीपी स्मृत्ति प्रावि खडगदेवी प्राविमा गाभिएका थिए । तीन विद्यालय मर्ज हुँदा ५० देखि ६० विद्यार्थी भएका थिए । अहिले शून्य छन् । विद्यार्थी कम भएपछि आफूहरूले केही वर्षदेखि नै मर्ज गर्न आग्रह गर्दै आए पनि सम्बन्धित निकायले चासो नदेखाएको महर्जनको गुनासो छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरिता महर्जन भने सम्बन्धित निकायले विद्यालय संरक्षणमा ध्यान नदिएको र शिक्षकहरूले गुणस्तर शिक्षा दिन नसकी झारा टार्ने काम गरेकाले विद्यालय विद्यार्थी बिहीन बन्न पुगेको बताउँछिन् ।
शारदा नगरपालिका सल्यानकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले पनि पछिल्नो समय अभिभावकहरू निजी स्कुलमा आकर्षित हुँदा खड्गदेवी प्रावि विद्यार्थी बिहीन बन्न पुगेको बताइन् । यद्यपि वडामा एउटै विद्यालय भएकाले विद्यार्थी बिहीन भए पनि मर्जको प्रक्रिया अगाडि नबढाएको उनी बताउँछिन् । तर विद्यालयमा कार्यरत शिक्षकलाई भने आउने शैक्षिक सत्रदेखि अन्य विद्यालयमा पठाउने तयारी भइरहेको उनले बताइन् ।
प्रकाशित : मंसिर २३, २०७९