जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सांसद पाएको छ। जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिकतर्फ तीन लाख ९४ हजार ६ सय ५५ मत ल्याएको थियो।
प्रत्यक्षतर्फ भने अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले मात्रै चुनाव जितेका थिए। सप्तरी क्षेत्र नम्बर २ मा ३५ हजार ४२ मत ल्याएर सिके राउतले चुनाव जितेका थिए भने यहाँ उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए।
जनमत पार्टीले समानुपातिक सांसद चयन गर्न बिहीबार काठमाडौंमा केन्द्रीय समिति बैठक पनि राखेको थियो।
उक्त पार्टीका एक नेताका अनुसार समानुपातिक बन्द सूचीमा रहेका नामअनुसार नै पार्टीले सांसद चयन गरेको छ, आयोगमा बुझाइएको सूचीमा हेरफेर गरिएको छैन।


अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटालाई सांसदमा पठाउन लागेको उक्त पार्टीका एक नेताले बताए। यो नाम निर्वाचन आयोगमा पठाउन लागिएको छ।
आयोगले तीन दिनभित्र समानुपातिक सांसदका नाम दिन दलहरूलाई भनेको थियो। आयोगमा यी नाम पुगेपछि समावेशी सिद्धान्त अनुसार मिलेको छ कि छैन आयोगले हेर्नेछ। नमिलेको भए सच्याउन समय दिइनेछ।