काठमाडौ-
बैतडीको तल्लो सोराड क्षेत्र बैतडीको राजनीतिमा सबै राजनीतिक दलका लागि सबैभन्दा सुरक्षित निर्णायक क्षेत्रका रुपमा रहिआएको छ । र यदि त्यहीँबाट सम्भावित उम्मेदवारहरु देखिन थालेभने त्यस्ता उम्मेदवारका सम्भावित पात्रहरुलाई किनारा लगाउने परिपाटी बैतडीको राजनीतिमा नयाँ भने होइन । स्वराडबाट राष्ट्रिय राजनीतिमा दखल राख्ने व्यक्तिको उदय हुने लक्षण देखिनासाथ त्यसलाई आन्तरिक तत्वहरुलेनै सिध्याउन लागि परेको इतिहास विर्सन सकिदैन् । सबै पार्टीहरुले आफ्नो भोट बैङ्कका रुपमा हेर्ने स्वराड क्षेत्रको व्यक्ति तथा ठाउँको विकास भएको कोही हेर्न नचाहाने त होइन ?
द्वारिकादेवी ठकुरानी
महिला र उदाहरणीय ऐतिहासिक वीराङ्गना भएकोले र सोराडको बासिन्दा भएकोले विनयध्वज चन्द लगायतको तत्कालीन काँग्रेस नेतृत्वले उनलाई २०४८ र २०५१ को चुनावमा र राष्ट्रियसभाका लागि समेत ब्यवधान सिर्जना गरिरहे । एसियाकै पहिलो महिला पन्त्रीको विरासत बनाउन सफल उनलाई सिद्य्याउन अनेक प्रपञ्चहरु रचिए ।
जयसिंह महता
तल्लोसोराडकै जयसिंह महता भने यस्ता तमाम जालझेल र तिकडम चिरेर जिल्ला विकास समितिका सभापति बनेका थिए । यद्यपि महतालाई सभापति या त्योभन्दा माथि सांसदको चुनावमा टिकट दिए उनी जित्छन् र हाम्रो साख गुम्छ कि भन्ने मनोविज्ञान कुरकुटिया दरबार र त्यसका भित्रिया राप्रपाजनलाई ठूलो चिन्ताको विषय थियो ।
शेरीराम पार्की
तल्लोसोराडकै शेरीराम पार्कीलाई उनको प्रभावमा रहेका मतहरु हत्याउन मात्रै प्रयोग गरियो तर दलित कोटामा पनि नामै नसुनिएका दलित पठाउने काम काँग्रेसले विगतमा गरिआएकै हो । शेरीराम पार्टीको स्वराड लोकप्रियताले हडबडाएका नेताहरु उनलाई मुलधारमा ल्याउन चाहादैनन् । पुरनसिंह दयाल तल्लोसोराडकै पुरनसिंह दयाल
पुराना एमाले र त्यसक्षेत्रमा भिजेका बौद्धिक नेता हुन् । उनलाई पनि प्रत्यक्ष टिकट दिदा सोराडको निर्णायक भूमिका अझै मजबुत हुन्छ र उनीसँग दलित समुदायको बहुसंख्यक मत भावनात्मक रुपमा जोडिएर बलियो हुने मनोविज्ञान बुझेर उनलाई कहिल्यै प्रत्यक्ष टिकट दिइएन अहिलेसम्म । उनको बोद्धिकता र लोकप्रियताले उनको पपुलारिटी पनि बढ्ने चिन्दाले पार्टीपंतिका नेताहरुलाई समय–समयमा पिरोलिरहन्छ ।
तेज बहादुर चन्द
पछिल्लो समय युवा राजनीतिमा उदाउन थालेका तेजबहादुर चन्दलाई पनि कांग्रेसले स्थान दिन चाहेको छैन् । युवामाझ चन्दको लोकप्रियताका कारण जिल्ला स्थित पार्टीका शिर्ष नेताहरुलाई ब्याक हुनुपर्ने चिन्ताले पिरोलेको–विरोल्यै हुन्छ । सामाजिक कार्यमा सक्रिय रहेका उनलाई विस्तारै पन्छाउने काम पार्टी पंत्ति र अन्य स्वराड विरोधी मतियाहरुले गरिरहेका छन् । उनकै निकट भनिएका व्यक्तिहरुलाई उनिविरुद्ध परिचालन गरि उनको राजनीतिक यात्रा भुमिकाबिहीन बनाउने काममा पार्टीपंतिका नेताहरु सक्रिय छन् ।
गोरख बहादुर चन्द
अहिले गोरख बहादुर चन्द पनि त्यही शिकार त बनाइएका होइनन् भन्ने प्रश्न ज्वलन्त रुपमा उठेको छ । गोरख चन्द दुई पटक गाउपालिका अध्यक्ष निर्वाचित भैसकेका छन् । ब्यक्तिगत रुपमा उनी जेजस्ता भएपनि सामाजिक रुपमा सोराडका मान्छेमा उनको अलग्गै छाप र प्रभाव भने देखिन्छ ।यही प्रभावमा अबको चुनावमा उनले प्रदेश या संघ त ताक्दैनन्,भन्ने मनोविज्ञानले उनको पार्टीभित्र काम गरेको त होइन ? यो शंका सर्वत्र चर्चामा छ ।
पटकपटक नेतृत्वका लागी स्वराडबाट तोकिएका नेता भेगिय दमनमा परि अल्पमतमा परेको कुरा स्पस्ट देखीएता पनि समानुपातिक र समावेसि अधिकारको प्रयोग गर्न पाएका छैनन । यसको बिषयमाफेसबुगमा लेख लेख्दै एक युवा जो स्थानीय र राष्ट्रिय राजनीतिकाे बारेमा चासाे राख्ने एवं सामाजिक विषयमा सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट आफ्नो धारणा लेखिराख्ने र भ्रष्टाचार बिरुद्धका सकृय अभियन्ता राष्ट्रिय प्रजातन्त्र पार्टी सुशासन विभागका केन्द्रीय सदस्य सचिव प्रकाश सिंह भन्छन् । स्वराड भोट बैंक मात्र होईन राष्ट्रिय राजनितिमा हामी पनि दखल राख्दछौ। तल्लो स्वराड क्षेत्र विगतदेखिनै सबैकाे भाेट बैंकमात्र बनाईयो जहिले पनि दबाबमा जननेतृत्वलाई तह लगाउदै आएकाछन /अब यस्ता दवाव सहिदै विद्रोहको गर्न तयार छौ हामि पनि केन्द्रीय राजनितिमा दखल राख्दछौ । यहाँका नागरिकलाइ प्रतिनिधित्व गर्ने अवसरबाट सधै बञ्चित गर्न खाेजियाे तर अव हामी पछाडी हट्न सक्दैनौ। हामी पार्टी पद्धति भन्दा माथि उठेर काम गर्न चाहान्छौ। यस्ता घोचपेचको अन्त गर्नु जरूरि छ।
www.sushasanonlinenews.com
Editor
Harish Bhatt