धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकाका किसानले आइतबार सामुदायिक पशुचौपाया जम्मा गरेर नगर परिसरभित्र हुलेर गेट बन्द गरे। किसानको खेतीबारी नै नष्ट हुने गरी सामुदायिक पशुचौपायले दुःख दिन थालेपछि स्थानीयले बाध्य भएर नगरपालिकाभित्र गाइगोरु थुन्न बाध्य भएका हुन्। वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गौशला व्यवस्थापन गरेर नगरपालिकाले छाडा पशुचौपाया राख्ने काम नगरेको भन्दै विरोध स्वरुप स्थानीयले नगरपालिका घेराउ गर्न बाध्य भएका हुन्।
स्थानीयले अति भएपछि १५ ट्रक पशुचौपाया नगरपालिका परिसरभित्र हुलेका थिए। एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्ने छाडा पशुचौपायाका कारण किसानले हैरानी खेप्नु परेको स्थानीय नारायण बोहराले बताए। ‘पालिका प्रमुखहरुले छाडा पशु चौपाया व्यवस्थापनलाई लत्याएर वेवास्ता गर्दै आएपछि किसानको खेतीबारी नष्ट हुने गरेको छ, पालिका प्रमुखको वेवास्ताले किसान बाध्य भएर छाडा पशु चौपायासहित नगरपालिका घेराउ गर्न बाध्य भएका हुन्।’ उनले भने।
विज्ञापन
![cp](https://dineshkhabar.com/sites/default/files/ezgif.com-gif-maker_1.gif)
कैलालीको गोदावरीमा पनि सामुदायिक छाडा पशुचौपायाले किसानको खेतबारी नष्ट गरेको भन्दै यसअघि स्थानीयले सबै गाई गोरु जम्मा गरेर नगरपालिका घेराउ गरेका थिए। खेतबारीमा लगाएको अन्न नै सखाप पार्ने गरी छाडा पशुचौपायाको बिगबिगी कायमै रहेको गोदावरी नगरपालिका वडा नम्बर २ तेघरीका स्थानीय विष्णु खत्रीले गुनासो गरे। ‘छाडा पशुचौपायाको नाममा यसअघि लाखौ रुपैयाँ सक्ने काम नगरपालिकाले ग¥यो तर समस्याको अझै समाधान हुन सकेको छैन्।’
![kumari](https://dineshkhabar.com/sites/default/files/kumariBank.gif)
सबैतिर छाडा पशुचौपायले स्थानीयको खेतीबारी नै नष्ट गर्न थालेपछि वेदकोट नगरपालिकाले वडा नम्बर ४ बैतडामा १२ विघा जमिन लिजमा लिएर गौशला निर्माणका लागि प्रक्रिया सुरु गरेको दाबी छ। आइतबार नगर परिसरभित्र हुलिएका छाडा पशु चौपायालाई नगरपालिकाले ट्रकमा राखेर वडा नम्बर ६ मा रहेको गौशलामा ओसार्ने काम गरेको छ। करिब १५ ट्रक छाडा पशुचौपाया दुई महिनाका लागि भन्दै ओसार्ने काम भएको थियो। दुई महिनापछि भने वडा नम्बर ४ मा सार्ने गरी तत्काल समस्या समाधान गर्ने प्रयास भएको नगरपालिकाको दाबी छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
किसानको अन्नबालीमा छाडा पशुचौपायाले क्षति पु¥याएको वेदकोट नगरपालिकाकी नगर उप–उपप्रमुख तुलसी जोशीले बताइन्। ‘हामी निर्वाचित भएर आएको धेरै समय भएको छैन्। निर्वाचन आचासंहिताका कारण समयमा गौशला निर्माण गर्न नसकिएकाले यस्तो समस्या देखिएको हो। अबको दुई महिनाभित्रै समस्या समाधान गर्ने गरी १२ विघा जमिन वार्षिक एक लाख २० हजार तिर्ने गरी सम्झौता भइसकेकाले आगामी दिनमा यस्तो समस्या दोहोरिदैन्।’ उनले भनिन्।
सामुदायिक पशुचौपायको बिगबिगी सबैतिर बढेको छ। यसअघि छाडा पशुचौपाया व्यवस्थापनको नाममा कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले साढे तीन करोड खर्चेका भएपनि समस्या झन विकराल बन्दै गएको छ। छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। यसको स्थायी समाधान गर्न स्थानीय तहहरु असफल बन्दै गएका छन्। सामुदायिक छाडा पशुचौपाया सबैभन्दा बढि भीमदत्त नगरपालिका, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, गोदावरी र धनगढीमा समेत यसको व्यवस्थापनमा पालिका प्रमुखलाई समस्या भइरहेको छ।
By dinesh khabar