२०मङ्सिर २०७९
बैतडी जिल्लाको मेलौली न. पा .वडा न ७ को बनाली टोलले गाउँ ठाउको बिकासको लागि अहिलेसम्म एक रुपया नपाएको स्थानिय धर्म सिंह भाटले सरकारी निकायहरूको ध्यान आकर्षण गरेकाछन। उनले भने पानीको चरमा समस्या रहेको उक्त टोलमा २०५२ सालमा स्व. मान सिह भाट वडा अध्यक्ष हुदा एउटा कुवा (न्वालो) बनेको थियोे त्यो जिर्ण अवस्थामा छ। स्थानीय बासिन्दाहरु रातभरि पानी भर्नको लागि ब्युझै रहेर ४०/५० लिटरको ग्यालिन पिठ्युँमा बोक्नको लागि कम्तीमा १ / २ घन्टा नै कुर्नुपर्ने अवस्था छ। र त्यो बोक्न १५ मिनेट देखि १ घण्टा पैदल हिडेर पानि लिनु पर्ने अवस्था देखाउदै । भाटले भने पटक पटक जनतालाई आश्वासन दिएर जनता ठगेको उनको आरोप छ। हारेका हुन वा जितेका नेताहरू र अन्य सरकारि निकायको अहिलेसम्म ध्यानाकर्षण भएको छैन। भाटले फेसबुक मार्फत हाम्रो न्यजडेस्कमा जानकारि गराएका छन । हामि पनि चाहान्छौ कि हरेक नागरिकले। राज्यबाट पाउनु पर्ने हरेक आधारभुत समस्या समाधानका लागी सम्बन्धित निकायको ध्यान जावस।
![](https://sushasanonlinenews.com/wp-content/uploads/2022/12/a-462x1024.jpg)
सुशासन नेपाल का लागी
हरिश भट्ट