प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकाे छ।
निर्वाचनपछि पहिलाे पटक साेमबार दिउँसाे बसेकाे बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर सरकार निर्माणकाे कसरत गर्ने निर्णय गरेकाे हाे।
बैठकमा सहभागी एक नेताकाअनुसार गठबन्धनलाई कायमै राखेर अघि बढ्ने गरी संयुक्त विज्ञप्ति जारी गर्न लागिएकाे छ।