कार्तिक २५शुक्रवार
काठमाडौं- र्दैलेख निर्वाचन क्षेत्र नं १मा राप्रपाका महामन्त्री कुन्ति कुमारी शाहीको लोकप्रियता र चर्चापरिचर्चा गाउँमा गाउँमा बढदो छ । स्वच्छ छबि साधारण शैली र कुनै प्रकारको आर्थिक अनियमितताको आरोप नलागेको नेता भएकोले पनि शाही प्रति जनता निकै आशाबादी रहेको स्थानीय काँग्रेसका एक नेताले बताएका छन् । नाम उल्लेख गर्न नमान्ने शर्तमा उनै नेताले भने दश बर्ष भयो आफ्नो पार्टीको चुनाब चिन्हमा भोट गर्न नपाएको यसापाली आफ्नो मत उनै शाहीलाई दिने बताए । यही आक्रोश नेकपा एमाले नेकपा एस र माओबादीका कार्यकर्ताको समेत रहेको छ । पुस्ता परिवर्तनको चर्को नारा लगाउने पार्टी नै उम्मेदवार चुन्दा चुकेको बताएका छन् । जिल्लाका समस्या देशका समस्या जिल्लाबासीका समस्या बारे संसदमा एक शब्द नबोल्ने ब्यतिलाई पटक पटक एकै अनुहारलाई भोट दिएर सांसद बनाई पठाउदा जिल्ला निकै पछाडी परेको हामीले बुझेका छौं त्यो भएर यो पटक हाम्रो मत बदलिने छ उनीहरुको भनाई छ ।
उम्मेदवार शाहीले पटक पटक सांसदमा खेलेको भूमिकाले दैलेखीको मात्र हैन देश कै शिर उच्च राख्ने काम गर्नुभएको छ । यस्तो ब्यतिmलाई संसदमा पठाउदा पार्टी हारेपनि जनता र जिल्ला नहार्ने भएकोले यो पटक हाम्रो मत बदलिने काँग्रेसका जिल्ला नेताले बताएका छन् ।यता शाहीले आफूलाई भोट दिदा पार्टी नै परिवर्तन गर्नु नपर्ने भन्दै जिल्लाको समग्र बिकासका लागी आफू्र काम गर्न योग्य भएको बताउदै आउनु भएको छ । म सबैको साझा उम्मेदवार हो भन्दै जनता माझ पुगिरहनु भएको छ । गठबन्धनका उम्मेदवार अम्मर बहादुर थापा आफूले सजिलै चुनाब जित्ने बताउदै आएका छन् । एक गोप्य बैठकमा पैसा पेलेर भएपनि चुनाव जित्ने दाउमा रहेको कुरा गठबन्धनमा रहेका काँग्रेसका नेताले सो कुरा चुहाएका छन् । केही काँग्रेसका क्षेत्रिय नेताहरु जनताका माझ पैसा कसरी दिने भनेर योजना बनाईरहेको कुरा समेत बाहिरिएको छ । अत्याधिक मदिरा सेवन गर्ने सो नेताले सबै कुरा बाहिर छरपस्ट पारिदिएका छन् ।
नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माप्रति पनि जनताको निकै गुनासो रहेको छ । समय अनुकुल पार्टीको सिद्धान्त बिपरित गतिबिधी गरेर पनि पार्टीलाई कब्जा गरी राख्ने आर्थिक अनियमितता संलग्न हुने । आफ्रनै पार्टीका जिल्ला नेताा कार्यकर्तालाई सिध्याउने, जिम्मेवारी आफ्नो समूहमा मात्र दिने, षडयन्त्र गर्ने गरेका कारण पार्टीका धेरै नेता कार्यकर्ता रुष्ट हुदै आएका छन् । नेता कार्यकर्ताको ठुलो संख्याले अहिले राप्रपाका उम्मेदवार शाहीलाई समर्थन गरेपछि शर्मा र उनको टिमले त्यस्ता गतिबिधी गरेमा कारबाही गर्ने सम्म धम्की पाउन थालेको कार्यकर्ताले बताएका छन् । केही कार्यकर्ताले पार्टी छोड्ने सम्मको मनस्थिती बनाएको बुझिएको छ । एकै ब्यतिmलाई पटक पटक सांसद बनाउन भोट हाल्नुपर्ने संस्कारको अन्त्य गर्न चाहन्छौं । बिसौ बर्षसम्म पार्टीको काम गर्दा आफूहरु निकै अन्यायमा परेका आफ्नो उम्मेर समेत बढदै गएको हामी कहिलेसम्म यसरी झोला बोकी रहने केका लागी राजनिति गर्ने भन्दै आक्रोस पोख्ने गरेका छन् ।
यो सबै आँकलन गर्दा शाहीको लोकप्रिय भोट आउने जिल्लाका एक काँग्रेस नेताले बताएका छन् । अबको बिकल्प नेता शाही नै रहेको उनले बताए । हाम्रो साझा ब्यतिm वहाँ नै हो जिल्लाबासीको मात्र नभई देशको बिषयमा जानकार र कानुनको बिज्ञ समेत रहेको र नेपालको संबिधान बनाउदा संसदमा निकै ठुलो भूमिका खेलेको हामीले हेरेका छौं । त्यसो भएर यो पटक हाम्रो भोट शाहीलाई जाने बताउनु भएको छ ।
शाहीले आफूले जित्ने आत्मविश्वासका साथ जनताका माझ कुन्ति शाही अभियान संचालन गर्दै आउनु भएको छ । शाही गत पार्टीको महाधिबेशनमा चर्चित नायिका रेखा थापालाई हराउन सफल हुनुभएको थियो । दैलेखबाट पार्टिको माथिल्लो तहमा पूग्ने पहिलो नेता समेत रहनु भएको शाही यूवा माझ निकै लोकप्रिय समेत हुनुहुन्छ ।