कार्तिक २३ बुधबार
काठमाडौँ,
यसपालिको संसदीय निर्वाचनलाई सबैले एक ऐतिहासिक निर्वाचनको रूपमा लिईएका छन । नो नट अगेनको अभियान समेत तिब्र रुपमा जनताको मनमनमा पुगेको छ। यि पटकपटक जिताएर पठाएका बुढा नेतालाई घरमा बस भन्दै हरेक निर्वाचन क्षेत्र बाट युवाहरूको उपस्थिति हरेक पार्टि भित्र र स्वतन्त्र उमेद्वारहरु लाई भोट दिने जनताको मनसाय देखिएको छ र नायाँ अनुहारलाई संसद मा पठाउनु पर्छ भन्दै समाजिक सन्जाल र गाउँघर तातेको छ ।
ति नयाँ अनुहार मध्येका एक युवा अभियन्ता का रुपमा परिचित राप्रपा का प्रवक्ता ज्ञानेन्द्र शाही पनि हुन उनले आप्नो ज्यानको प्रवाह नगरि दुखमा परेका हरेक नेपालीको मलम बनि समाजिक सेवा गर्दै देशको भ्रष्टाचार बेथिति का बिरूद्ध शसक्त मेचि माहाकालिसम्म हाम्रो नेपाल हामी नेपाली अभियनको नेतृत्व गरेर नागरिक सचेतना कार्यक्रम का प्रेरणाका पात्र एकाएक राज्यको अबस्था बारे निम्ति हुदै नेपाली बिचार र राष्टवादीहरू एक ठाउँमा हुनुपर्छ भनेर पटकपटकको बार्ता र बहसबाट राष्ट्रवादी पार्टी राप्रपा राजेन्द्र लिङ्देन नेतृत्वमा आए पछि राप्रपा संगै जोडिएर देशलाई निकास दिने र सबै राष्टवादीलाई एक हुन अपिल गर्दै राजनीतिमा हामफालेका ज्ञानेन्द्र शाहीले जुम्लाबाट संसदीय राजनीतिमा पहिलोपटक आफ्नो भाग्य भनेकै जुम्ली जनता नै हो भनेर हारे पनि जिते पनि खुसि छु भन्दै जे भए पनि सेवा निरन्तर गरि रहने बताउदै शाही चुनावमा हुमिएका छन।
जुम्लाको पछिल्लो रिपोर्ट
पछिल्लो १हप्तादेखि हाम्रो टिम जुम्लामा छ। यहाँका टोल, चोक, पसल, खेत, घर र बारीमा पुगेर हामिले यहाँका मतदातासँग कुरा गरिरहेका छौं। हामीले जुम्लाका करिब हरेक बस्ती र टोलमा पुगेर ३५० मतदातासँग कुरा गरेका छौं। आसन्न निर्वाचनबारे छलफल गर्ने, त्याहाँको अवस्था बुझ्ने प्रयास गरेका छौं। यसकै आधारमा हामी एउटा निष्कर्षमा पुगेका छौं- जुम्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको यस क्षेत्रबाट ज्ञानेन्द्र शाही निर्वाचित हुने सम्भावना प्रबल बनेको छ।
यहाँ कसरी त्यस्तो अवस्था बन्यो? त्यसलाई विस्तारमा हेरौं।
हामी मंगलबार बिहान जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिरिखोलका डिल्ली ब.खत्रिको घरमा हामिले प्रश्न गरेका थियौं उनले स्पष्ट हामि सबै गाँउ बासिको मत ज्ञानेन्द्र शाही को हलो हाल्छौ । सबै जुम्लाका जनताको एक पटक शाहीलाई ल्याउने तयारी गरेको बताएका छन्।
अर्को कुरा त रोचक के थियो कि हामीले चुनावको प्रसंग झिक्न नपाउँदै सँगै रहेकी ८१ वर्षको बुढो बुवाले आफूहरूले ज्ञानेन्द्र लाई भोट दिने मनसाय व्यक्त गरे ।
किनकि मलाई याद भए देखि आज ८१ बर्ष बित्दा सम्म जुम्लाले देशको नेतृत्व गर्न सक्ने र देश बिदेशमा समेत जुम्लाई चिनाउन र नेपाललाई नेपालि पनि दिने नेता हामिले पाएका छौ। यो पटक शाहि लाई नै जिताउने हो भन्दै मेरो आशिर्बाद छ।उनले यसअघिका निर्वाचनमा माउवादीलाई नै मत दिने गरेका थिए । गत स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसलाई मत दिएका रैछन।
सोहि गाउँ का ५५ वर्षीया नन्दु प्रसाद उपाध्यायले पनि यसअघि नेमकिपा हुदै माउवादिलाई नै मत दिने गरेको बताए तर अब को मेरो मत ज्ञानेन्द्र शाही को चुनाव चिन्ह हलो लाई दिने निर्णय गरेको र सबैलाई पार्टी पंक्ति भन्दा पनि जुम्लाले समग्र देशको नेतृत्व गर्न सक्ने क्षमता राख्ने शाहासि छोरोलाई नै मत दिन अपिल समेत गरेका छन।
उनले भने ज्ञानेन्द्रले अस्थि हामी संग भेटेर कुरा गर्दा उनी सत्यतामा आधारित काम गर्छन् र ईमान्दारले नै नेता हुने हुन त्यो ईमान्दारिता उनमा देखेको छु । उनले आर्को गफ झार्दै हिनेका पनि छैन हामिलाई यति थाह छ उनले हाम्रो जिल्ला का जनताहरूको नेता बनेर सेवा गर्ने मौका दिनु मात्र पर्छ जुम्लाले आसा गरेको एउटै नेता हो शाहि ।
यीनिहरू प्रतिनिधि पात्र मात्र हुन्। हामीले जुम्लाका गाँउ टोल घुम्दा ज्ञानेन्द्रप्रति मतदाताको ठूलो आशा र आकर्षण पायौं। खासगरी युवा, महिला र जेष्ठ नागरिकहरूमा शाहिको आकर्षण छ। तर जसलाई हिजोसम्म राजनीतिको कुनै चासो थिएन, उनीहरूलाई पनि शाहिको प्रतिको चासो र विश्वास बढेको छ ।
यीमध्ये धेरै मानिसहरू आप्नै ढङ्गले शाहको प्रचार। गरिरहेका छन ।तर उनीहरू राजनीतिक रूपले धेरै सक्रिय मानिस पनि होइनन्। तर पनि धेरैले भन्छन त्यहाका नागरिक आप्नो घर परिवार भन्दा पार्टीलाई माया गर्ने जारि समेत आप्नो पार्टी भन्दा नि राम्रो व्यक्ति शाहिलाई भोट दिने मन बनाएका छन।
हामी यो निर्वाचन क्षेत्रमा पर्ने चन्दनाथ नगरपालिका कनकासुन्दरी गाउँपालिका ,सिंजा गाउँपालिका जुम्ला ,हिमा गाउँपालिका ,तिला गाउँपालिका,गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका,पातारासी गाउँपालिका का सबै वडा हरुमा हामि पुगेर मतदाताको विचार लिएका छौ।
हामीले कुरा गरेका ३५०जनामध्ये १७३जना अर्थात ४९.२८ प्रतिशतले ज्ञानेन्द्रलाई मत दिने बताए। ६३ जना अर्थात १८ प्रतिशतले गठबन्धनका साझा उम्मेदवार गोमा कुवरलाई , ८० जना अर्थात २२.८२ प्रतिशतले नेकपा एमालेका उम्मेदवार रत्ननाथ योगीलाई र यस वाहेक १० जाना अर्थात २.८५प्रतिशतले नेमकिपा का डिल्ली काफ्ले लाई मत दिने बताए। भने १९ जना अर्थात ५.४२ प्रतिशतले भन्न नचाहने वा अझै निर्णय गरिनसकेको बताएका छन ।
जबकि यो जिल्ला भरि शाहिको राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन। न्यून अर्थात शुन्य नै छ। पहिलोपटक यहाँ चुनाव लडेका उनको सामाजिक योगदान छ यो उनको जन्म भुमि हो उनको राष्ट्रिय प्रभाव र युवाहरुको ढुकढुक बनेर जिल्ला भरि आप्नो परिचयको प्रभाव बेस बनेर बसेको देखिन्छ।
जुम्ला हाल मुख्यतः माउवादि केन्द्रको प्रभाव क्षेत्र हो। यहाँबाट २०६४ सालमा माउवादि केन्द्रका नरेश भण्डारी र २०६४ सालमा गजेन्द्र महत निर्वाचित भएका थिए। भने २०७० सालको संविधान सभाको निर्वाचन मा काङ्ग्रेस का ललितजङग शाहि निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा काङ्ग्रेस पहिलो र दोस्रो माउवादि केन्द्र र तेस्रो एमाले को मत छ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको ८हजार ६ सय ५५मत छ। माउवादि केन्द्रको ६ हजार ४सय ३९ नेकपा एमाले २हजार १ सय ५६ , नेकपा एकीकृत समाजवादीको १हजार ५ सय ९६ छ र राप्रपा ५४० मत रहेको छ।
त्यसैले यहाँ एमालेका रत्ननाथ योगी र गठबन्धन बाट मागबादी केन्द्र कि गोमा गौतम कुवरबीच नै मुख्य प्रतिस्पर्धा हुनुपर्ने हो। तर ज्ञानेन्द्रको प्रवेशले यहाँको राजनीतिक खाका नै बदलिदिएको छ।
परम्परागत रूपमा आप्नो मत परिवर्तन गरिराख्ने मतदाताहरू नै शाहितिर कित्ता सरेपछि र युवाहरूले पार्टी पङ्क्ति भन्दा माथि जुम्लाको एक ईमान्दार नेतृत्व लाई जिताउने अठोटका साथ लागि परे पछि उनी बलिया देखिएका छन्। यसले एमाले र मागवादिको राजनीतिक साख घटेको छ तर माउवादिहरू हाम्रो किल्ला जुम्ला हो भनेर दाबि गर्छन गठबन्धन को तर्फबाट जुम्ला बजारमा। गरेको आमसभामा सम्बोधन गर्न पुगेका प्रचण्ड अभिव्यक्ति ले त झन जुम्ली जनतालाई शाहिको पक्षमा बलियो बनाएको छ।
शाहीलाई मत दिन्छु भन्ने १७३ जनामध्ये ८० जनाले अघिल्लो निर्वाचनमा माउवादीकेन्द्रलाई र १५ जानाले नेमकिपालाई र २१जनाले नेपाली कांग्रेसलाई मत दिएका थिए। शाहिलाई मत दिन्छु भन्नेमा एमालेलाई भोट दिएका ९ जना छन् भने नयाँ मतदाता १६ जना छन्। बाँकी ३२ जनाले पहिले कसलाई मत दिएको खुलाउन चाहेनन्।
हामीले कुरा गरेका ३५० जनामध्ये १९ जनाले कसलाई मत दिने खुलाउन चाहेनन् वा निर्णयमा नपुगिसकेको बताए। यसरी निर्णयमा पुगिनसकेका वा बताउन नचाहनेमध्ये ११ जनाले विगतमा माउबादीलाई मत दिएको बताए। एमालेलाई विगतमा मत दिनेहरू ३ जना छन्। त्यस्तै नेमकिपालाई मत दिनेहरू ५ जना छन्।
ज्ञानेन्द्रले निर्वाचन जित्ने प्रबल सम्भावना छ भनेर हामी निष्कर्षमा पुग्नुको एउटा मुख्य कारण के हो भने हामीले भेटेकामध्ये जतिले ज्ञानेन्द्रलाई मत दिन्छु भनेका छन्, एमाले र कांग्रेसका उम्मेदवारलाई मत दिन्छु भन्ने संख्या जोड्दा पनि त्यति पुग्दैन।
यसलाई अर्को कोणबाट हेरौं- एमालेलाई मत दिन्छु भन्ने २२.८२ प्रतिशत र गठबंधन लाई मत दिन्छु भन्ने १८ प्रतिशत हुन्छ। यो जोड्दा पनि ४०.८२प्रतिशत मात्र हुन्छ। जबकि ज्ञानेन्द्रएक्लैलाई मत दिन्छु भन्ने ४९.२८ प्रतिशत छन्।
अर्को कुरा- यहाँ अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय नलिसकेका मतदाताको संख्या १९ छ। अर्थात् हामीले कुरा गरेका मतदाताको ५.२ प्रतिशत मात्र छ।
यसमध्ये आधि-आधि नै गौतम र नाथले लगेछन् र यसबाट शाहीलाई कुनै पनि मत आएनछ भने पनि उनी एमाले र कांग्रेसका उम्मेदवारभन्दा अघि हुन्छन्।
जबकि यथार्थमा त्यस्तो हुन सम्भव छैन। यी १९ जनामध्ये ९जनाले आफूहरूले अन्तिममा शाहीलाई मत दिन सक्ने हामीलाई बताएका थिए। अर्थात् कसलाई मत दिने निर्णय गरिनसकेका धेरै मतदाताको झुकाव पनि पुर्ण रुपमा शाहीतिरै हुनसक्छ भन्ने यसले देखाउँछ।
पहिलो पटक हामिले निर्वाचनमा रिपोर्टिङ गरेको हाम्रो अनुभवमा चुनाव बेला मतदाताकहाँ गएर कसलाई मत दिनुहुन्छ भनेर सोध्न निकै अप्ठ्यारो काम हो। कहिलेकाहीँ त यो जोखिमपूर्ण पनि हुदो रैछ। मतदाताको रिस पनि झेल्नुपर्छ। धेरै मतदाता बोल्न चाहँदैनन्। त्यसमा पनि युवा र महिलाहरू झनै बोल्न खोजेको भेटिएन।
यसपालि शाहिको जिल्लामा भने धेरै मतदाता कुरा गर्न उत्साही देखिएछन । कसलाई, किन मत दिने वा नदिने खुलस्त कुरा गरे। शाहिको पक्षमा उभिएका मतदाताको रौनक र उत्साह नै अर्कै छ। धेरैलाई यसपालि शाहिले जित्छन् भन्ने परेको छ। त्यसैले पनि उनीहरू सजिलै खुल्न सकेका हुन्। आर्को कुरा जुम्लाले राष्ट्रकै नेतृत्व गर्ने अभियानले पनि मतदातालाई शाहि बराबरको तुलना गर्न योग्य नेता कोहि छैन भनेर खुल्ला भनिरहेको पाईएको छ।
जुम्लामा किन यसरी निर्वाचन परिणाम शाहिको पोल्टा नजिक पुगेको छ? के कुराले मतदाता यस्तो निर्णयमा पुग्न लागेका हुन्? त्यसको एउटा मात्र कारण छैन, अनेक कारण छन्। फरक-फरक कुराले मतदातालाई प्रभाव पारेको हामीले पायौं।
पहिलो र सम्भवत: सबभन्दा मुख्य कारण- ठूला दलहरूसँगको वितृष्णा नै हो। ठूला दलसँग यहाँका धेरै मान्छेका अपेक्षा सकिएका छन्। उनीहरूले केही गर्छन् भन्ने विश्वास र आश रित्तिएको छ।
उनीहरू भन्छन्- अरूलाई पटकपटक मत दिइयो, केही गरेनन्। यसपटक नयाँ र युवा नेतृत्व लाई हेर्नुपर्छ।
गुठिचौर गाउँपालिका प्रकाश शाहि र उनका दौतरिले पनि अहिलेसम्म कांग्रेसलाई भोट दिँदै आएका थिए। ‘केही भएन, यसपालि ज्ञान दाईलाई दिन्छु,’ उनले भने नेताहरूलाई जिताउन भन्दा युवालाई दियो भने केही गर्छन् कि भनेर शाहीलाई भोट दिने बताए।
‘हामी कहिले कुन दल, कहिले कुन दललाई भोट दिन्छौं। यसपटक हलोलाई दिने हो,’ प्रकाशले भने, ज्ञानेन्द्रले राम्रो गरेनछ भने अर्कोपटक जनताले हराउँछन म आफै पनि बिरूद्ध मा हुने छु तर यसपटक जिताउनैपर्छ।
सिंजा गाउँपालिका उपेन महत भन्छन शाहि स्पष्ट बोल्न सक्ने क्षमतावान युवा नेता भएकाले संसदमा जान जरूरी रहेको बताए।
म खासमा माओवादी केन्द्रको समर्थक हो तर एक भोट ज्ञानेन्द्रलाई दिन्छु,’ उनले भने, ‘संसदमा गएर धेरै गर्न नसके पनि भ्रष्टाचार र अनियमितताविरूद्ध र जुम्लाका जनताकासमस्याहरू उहाँले आवाज उठाउनुहुन्छ। जनजीविकाको कुरा उठाउनुहुन्छ भन्ने आशा छ।’
अर्का युवा सागर बुढाले शाहिको धेरै अपेक्षा गरेका छन।
‘देश बनाउन कोही त लाग्नैपर्छ। पृथ्वीनारायण शाह नलागेको भए आज हामि नेपाली हुन्थ्यो?’ उनले भने, ‘ ज्ञानेन्द्र शाही दाई निरन्तर लाग्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। उहाँले एक्लै र सडकमा हुदा त। समाजिक सेवामा थिए भने अब त हामिले जसरि नि जिताएर पठाउनु पर्छ । शाहि मालिक होईन सेवक हुन । उहाँले अहिलेको भन्दा अझै राम्रो काम गर्नुहुन्छ।’
उनलाई मत दिने आर्को कारण के हो भने देश भरि भ्रष्टाचार बिरुद्ध सडक को आवाज सदन मा लिन र आप्नो जिबनको कुनै प्रवाह नगरि एक नैतिक वान देशभक्ती युवा हुनुको नाताले र विदेशमा फसेका नेपालीहरूकोहरूको उद्धार गरेको सम्झिएर सरकारका हरेक निकायलाई चुस्तदुरुस्त राख्न सडक बाट नै गरेको प्रयासलाई सदन बाट लागु गर्न का लागी पनि शाहि लाई मत दिने बताएका छन।
कृसन बुढा भन्नुहुन्छ देशले छिट्टै ज्ञानेन्द्र शाही लाई पाउने छ यस पटक हाम्रो भोट हलोलाई नै हो ।
ज्ञानेन्द्र शाहीका मेचीमहाकाली भरि गरेका कार्यक्रमहरू आफूहरूले युट्युब र फेसबुकमा हेरेको धेरैले बताए। परम्परागत सञ्चार माध्यमभन्दा इन्टरनेटमा आधारित माध्यम कसरी बढी प्रभावकारी र लोकप्रिय बन्दैछ भन्ने यो पनि एउटा उदाहरण हो।
कतिपयले त आफ्ना पनि छोराछोरी विदेशमा रहेको र भोलि असजिलो पर्दा नेपाल ल्याउन शाहिको सहयोग चाहिने बताए। हामीले कनकाई सुन्दरि गाउँपालिका वडा नम्बर २ अन्तरगत एउटा गाँउमा भेटेका २ महिलाका पनि परिवार विदेशमा रहेछन्। भोलि उनीहरूलाई पर्न सक्ने अप्ठ्यारो सम्झिएर पनि उनीहरूले शहिलाई भोट दिन लागेको बताए। शाहि जुम्लाको भबिस्य भनेर पनि बताउने गरेका छन ।
जुम्लामा शाहि लाई मन पराउनु को आर्को कारण के पनि हो कि राज्यले गरेका भ्रष्टाचार बेथिति बिरूद्ध जनताको पक्षमा काठमाण्डौको माइतिघर हुदै सुर्खेत वीरेन्द्रनगर,चितवनमा आवाज उठाउदै गर्दा ज्यान लिने हिसावले गरेको हमला गरे पनि पटकपटक ईरासतमा थुनेर राखे पनि शाहिले गरिव जनता ,असहाय, र पिडितको पक्षमा र भ्रष्टाचार बेथिति को बिरुद्ध मा झन बलियो बन्दै समाजिक सेवा गरेर आप्नै जिवनको नगरि सेवा गरेर राजनितिमा आएको हुनेले पनि उनि जनताको रोजाईको पात्र हुन।
शाहिलाई त्यो बेला मार्न खोजिएको भए पनि त्यस दौरानमा। जेलनेल केश लगाएतका पनि उनले झन बलियो नेताका रूपमा खडा भएर काम गरिरहे शाहि एक जुम्लाले जन्माएको ऐतिहासिक पुत्र हो हामि भोट मात्र होइन। राम्रोलाई सहयोग गर्न तयार रहेको र मेरो भोट हलोलाई नै हो उद्दव रोकायले बताए। उनले त्यसकै कारणले अहिले शाहिलाई भोट दिन मन लागेको बताए।
राजनीतिक विषयमा प्राय: घरमूली लोग्ने मानिसको विचार चल्ने नेपाली परिवारमा घरमा महिला र युवाका कारण निर्णय फेरिन थालेको छ। घरको वातावरणले एमाले-कांग्रेसका कतिपय सक्रिय कार्यकर्ता नै शाहिलाई मत दिने पक्षमा पुगेका छन्। बुढा युवा बैस्क सबैले यसपटक शाहीलाई मतदान गर्ने निर्णय गरेको बताएका छन।
गठबन्धन र एमालेको पक्षमा चुनाव प्रचारप्रसारमा हिँड्नेहरूले समेत शाहिलाई भोट हाल्ने उनका समर्थकहरूको दाबी छ।हामीले भेटेका कतिपय एमाले र माउवादिका सक्रिय कार्यकर्ताले पनि शाहिलाई मत दिने बताए।
काङ्ग्रेसका एक जना नेताले आफू र आफ्नो परिवारले भोट भने यसपालि ज्ञानेन्द्र शाही लाई नै दिने बताए।
‘सबैतिर मासुभात खान्छन्। तर भोट हलोलाई दिन्छन्। अरू कराउने मात्रै हो तर भोट ल्याउने हलोले मात्रै हो,’ उनले भने, ‘२०४८ देखि आज सम्म जुम्लाले नायँ नेता परिवर्तन गर्दै पठाएको छ गठबन्धनको पक्षमा भित्रभित्रै सडयन्त्र रचेता पनि अहिले हलोलाई बिर्साउने कुनै उपाए छैन । यो क्षेत्रमा गठबन्धन र एमाले को पराजय सुनिस्चित छ।’
लामो समयसम्म उनी काठमाडौंमा लड्ने कि
जुम्ला लड्ने अर्थात अन्य कुनै दलका शिर्ष नेता संग चुनाव लड्ने आकलन गरेता पनि उनले २ महिना अगाडी नै जुम्लाबाट उम्मेदवारी दिने घोषणा एउटा भव्य कार्यक्रमका साथमा गरेका थिए । उनि घोषणा भन्दा अगाडी र अहिले त निरन्तर जुम्लाका। सबै गाउँ टोलमा छन चौथो पटक जनतामाझ सवै ठाउँ मा जादैछन । उनलाई जुम्लाको जनसागरले नै उनको मनमा देशको परिवर्तन का खातिर जुम्लाले जिताएर पाठाए देशको राजनितिक फोहर र भ्रष्टाचार को अन्त्य गर्दै देशमा सुशासन कायम गरि राष्टको नेतृत्व गर्ने अठोट लिएका छन।
ज्ञानेन्द्र शाहीले आप्नो मत सर्वेक्षण टिमको तिनपटकको मत सर्वेक्षण अनुसार उनका प्रतिस्पर्धीको मतको झण्डै दुई गुनाले जित्न सक्ने बताएको छ । तर अन्तिममा उनले आफूलाई अप्ठ्यारो पर्न नदिने मेरा सबै जिल्ला बासिले साथ दिने नै छन । म खुसि छु मेरो जन्म भुमि जुम्लाले जुम्ली दाजुभाइ दिदीबहिनी ले मलाई नै जिताउछन पुर्ण विस्वस्त छु ।