काठमाडौं: आज राष्ट्रिय प्रजातन्त्र पार्टी को सुशासन विभागले नेपाल नागरिक उड्यान प्राधिकरण लाई पश्चिममा नियमित जहाज उडान सुचारु गर्न आग्रह गर्दै १२ महिना जहाज उडान हुन योग्य पश्चिमका जिल्लाहरूमा चाडँपर्वका वेलामा सबै जहाजहरू पुर्वतिर पठाएकोमा आपत्ति जनाउदै पश्चिमका बिकट क्षेत्रका जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, बाजुरा, बझाङ, बैतडी मा यथासिघ्र जहाजहरु नियमित उडान सुचारु गर्नका साथै भाडादर सनतुलित र समान गर्न माग गरेको छ । साथै बिचौलिया हरुलाई कार्वाहिको दायरामा ल्याई दसैं मा जुनसुकै हालतमा पनि नियमित उडान गर्न नागरिक उड्यान प्राधिकरण को ध्यान आकर्षण पत्र बुझाएको छ। आज भन्दा केहि दिन अगाडी विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठ लाई समेत फोनवार्ता गरेका थिए। मन्त्री ले निर्देशन गर्ने प्रतिबद्धता जनाएकाे थियो। आज सुनवाइ नभएको भन्दै विभागका सदस्य सचिव प्रकाश सिंह सहितको टिम प्राधिकरण पुगि प्राधिकरण का सह प्रवन्ध निर्देशक लाई पत्र बुझाउदै आज नै निजि कम्पनिलाई आवश्यक निर्देशन दिन आग्रह गरेका छन । पहल नगरिएको खण्डमा आन्दोलनमा जाने चेतावनी समेत खुलाएर ध्यान आकर्षण पत्र बुझाएको हो। प्राधिकरणका अनुसार हामि संग जहाजको सङ्य ९वटा मात्र रहेको उक्त क्षेत्रमा तारा एयर र सुमित एयर अहिलेसम्म उडान हुदै आएको छ। यि कम्पनिका जहाज ड्यामेज भई थन्किएको अवस्थामा रहेको तर पनि एकदुई जहाज हरू पठाउन सक्ने स्थितिमा मा प्राधिकरण लागिरहेको बताउनु भएको छ। भोलिबाट नै नियमित उडान सुचारु गर्न तयार रहने प्रतिबद्ध रहेको बताएको छ।
sushasanonline
