दार्चुलाको लागि म पार्टिको मान्छे भन्दा पनि तपाई हरुको लागि कसैको छोरा हु कसैको भतिजो हु कसैको नाती हु कसैको भाई हु कसैको दाई हु जसको जे भए पनि मेरा लागि पार्टी र सिद्धान्त भन्दा ठुलो मेरो देश हो दार्चुला हो तपाई हामीमा भावनाको नाता छ त्यसैले पक्कै पनि दार्चुलेलि बुवा आमा दाजु भाइ तथा दिदि बहिनि हरुले आफ्नो पिर मर्का भावना लाई बुझेर पार्टी र सिद्धान्त लाई छोडेर देश र जनताका लागि युवा लाइ अगाडि बढाउनको लागि यसपाली मलाई भोट दिएर निति नियम कानुन बिधि बिधान बनाउने ठाउमा पुर्याउनु हुन्छ भन्ने पुर्ण बिश्वाश र आशा बादिका साथ मेरो उम्मेदवारी दार्चुला बाट रहेको छ। अन्यथा पार्टीको सक्रिय कार्ड दाम्लो जस्तै लगाएर बाधिएर यिनै पुराना अनुहारलाई हेर्नु हुन्छ भने मेरो भन्नु केहि छैन। आशा भरोसा का साथै आशाबादी भएर म चुनाब लड्छु र दार्चुलेलि मेरा बुवा आमा दाजु भाई तथा दिदि बहिनिहरुले मलाई जिताउनु हुन्छ जित्छु पनि यसमा दुई मत छैन म ढुक्क छु । दार्चुलाको अनुहार पाँच बर्ष भित्र फेर्ने छु । यदि पाँच बर्ष सम्म दार्चुलाको अनुहार फेर्न सकिन भने म अर्को पटक चुनाब नै लड्ने छैन यदि तपाई हरुले यिनि हरुलाई नै भोट दिएर जिताउनु भयो भने हाम्रा युवा दाजु भाइ दिदि बहिनी बिदेशमा बेच्ने र यो देशको अवस्था श्रीलंका अफगानिस्तान जस्तो बनाउने नेता हैन तपाई हामी यसको दोषी हुनेछौ। त्यसैले अहिलेको भोट ४० बर्ष भन्दा तल उमेरकै युवा पिडिलाई रोजौ पार्टी जो सुकै किन नहोस् । सिद्धान्त जे सुकै होस् तर दार्चुलाको अनुहार फेर्न तिर लागौ।
Enter