दार्चुलामा पार्टीको भन्दा मेरो धेरे भोट आउन्छ। अहिले सम्म पार्टीका लागि भोट हालियो अब दार्चुलाका जनताले आफ्नो लागि भोट हाल्नु पर्छ।यस अघि कहिले पनि हामीले दार्चुलाका लगि भोट हालेनौ। दार्चुलाले राष्ट्रिय स्तरका नेता चुन्दा पनि ति नेताले दार्चुलालाई चिनेन। अब दार्चुलाले पार्टी जुनसुकै भएपनि युवा लाई साथ दिएर दार्चुला लाई राष्ट्रिय स्तरमा चिनाउने नेता जन्माउनेछन् भन्ने मेरो पुर्ण बिश्वास छ। मैले आफुलाई कुनै स्थानमा देखेको छैन किनकि म काम गर्नु पर्छ भन्ने ब्यक्ति हुँ । पार्टिमा मेरो स्थान दार्चुला जिल्लाको जिल्ला प्रबक्ता हो। अथवा म अभियानता हुँ जे भएपनि म एउटा सामान्य नागरिक हुँ। सयौँ बर्ष देखि दार्चुलाको आवाज नसुन्ने कुम्भकर्णहरुलाई संसद भवन भित्र बाटै अर्जुन बाण प्रहार गरि प्ररास्त पार्नको लागि पनि आगामी प्रतिनिधिसभा सदस्यमा दार्चुला बाट नै लड्ने घोषणा गरेको हुँ । दार्चुलाको जटिबुटि तितेपाती चिराइतो कटुकि सतुवा पाचऔले जटामसी खिराउलो रत्नालो च्याउ झ्याउलो फापर आोखर आलु आरु बखडा को अन्तराष्ट्रिय ब्यापारका लगि र आजका मिति सम्म दार्चुलेलि जनताले नपाएको बिजुली स्वास्थ शिक्षा सेवा नेपाल सरकार बाट दिलाउनका लागि र दार्चुलाको समग्र बिकासका लागि सडकबाट हैन अब संसदबाट सरकारलाई घुँडा टेकाउने छु भनेर पनि दार्चुला बाट उम्मेदवारी घोषणा गरेको हुँ।