असोज ८
काठमाडौं: नेपाल सरकारका सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता नेता ज्ञानेन्द्र शाही बिच फोन सम्वाद भएको छ। नेता शाहिका अनुसार ११महिना भरि जहाज पश्चिमका जिल्लाहरूमा चल्ने र जब दशैँ तिहार आउछ तब त्यतिवेला पश्चिममा उडान हुने जहाजहरू पुर्वतिर हाल्ने निजि कम्पनिको मनपरि सक्त बन्द गर्नुपर्छ।र पश्चिमका जुम्ला, हुम्ला, डोल्पा, बाजुरा , बझाङ , बैतडी लगायतका जिल्लाहरुमा चाडँपर्व को समयमै उडान सुचारु गर्न आग्रह गर्दै यदि यो समस्या जस्ताको त्यस्तै रहने काम हुन्छ भने अबका दिनमा यि निजि कम्पनिहरूलाई पश्चिम का कुनै पनि ठाउँहरूमा उडान गर्न नदिने चेतावनि समेत दिएका छन। मन्त्री श्रेष्ठ को जवाफ अनुसार उक्त समस्या समाधान गर्न लागि पर्ने र चाँडै समाधान पनि गर्छौ साथै उडान सुचारु गर्न लगाउने प्रतिबद्दता समेत गर्नु भएको छ। वार्तामा भएको समस्याको समाधान नभए हामिले त्यसै अनुसार एक्सन लिने भनी उक्त वार्ता को बिषयमा शाहि निजि स्रोतले हामिलाई जानकारी गराउनु भएको छ।