काठमाण्डौं: जुम्ला जिल्ला बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका शाहि आफुले कुनै ठुला सपना मतदातालाई दिन सक्दिन तर जुम्लाले राष्ट्रको नेतृत्व गर्न जुम्लाले मत दिनु पर्छ । उनले भने जुम्लीले हेपिएर बस्ने दिन गए अब राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता लाई कायम राखि नेपाली पहिचानको रक्षा का निम्ति जुम्ला अघि बढ्नु पर्ने बताए। उनले पटकपटक भन्दै आउनुभएको कुरा कुनै पार्टीलाई चुनाब जिताउन आजको चुनाब होईन यो ऐतिहासिक चुनाव बनाउन पार्टी पङ्क्ति भन्दा माथि उठेर जुम्ला जिताउन सबै जुम्लीलाई अपिल गरेका छन। ” राष्ट्रको नेतृत्व गर्ने अभियान ज्ञानेन्द्र शाहीको चुनाव चिन्ह हलोमा मतदान ” नारा लिएर गाउँ वस्थीमा पुगेका शाहि उनले तिनै गाउँ वस्थीको अवस्था राम्रो बुझेका छन । उहा भन्नुहुन्छ जुम्ली आफु जति समस्यामा भए पनि आप्नो छाक काटेर सहयोगि मनका धनि छन। सस्कृति र सभ्यताले भरिपुर्ण जुम्लालाई पर्यटन र उत्पादनमा जोड्ने मुख्य उदेश्य रहेको उनको भनाई छ। साथै देशमा शान्ति भएर सिंगो नेपाल नेपाली नागरिकको पहिचान र स्वाभिमान, स्वाधिनताको पक्षमा वकालत गर्ने जिम्मेवारी का साथ जुम्लाले मत दिएर निर्वाचित गर्नुहुने विश्वास रहेको र जुम्ली बुवाआमाको आशिर्वाद र मेरा दाजुभाइ दिदीबहिनी को माया नै मेरो जुम्ला बनाउने आधार हो आशिर्वाद र मायाको सधै संगालेर राखेको छु उनको भनाई छ।