दार्चुलामा राप्रपा निकट मतदाता न्युन भएपनि हार जित जे भएपनि हार स्वकार्न तयार रहेर मेरो जन्म भुमि र कर्म भुमि जन्म दिने आमा दार्चुलेलि भएकोले दार्चुला बाट नै उमेदवारी दिने घोषणा गरिसकेको छु ।पुर्बको झाप ताप्लेजुङ तथा काठमाडौंको खुला मंच होस म जहा उभिएपनि जुनसुकै ठाउमा गए पनि सबै भन्दा पहिले मेरो परिचय दार्चुलेलि नै हो उनले भने एक पटक दार्चुलेलि आमा बुवा दाजु भाइ तथा दिदि बहिनिहरुले मलाई आर्शिबाद र सहयोग गरेको खण्डमा देशको नेतृत्व गरेको देखाउने छु।अहिले सम्मका नेतृत्वले दार्चुलाको सामर्थ्य राख्न सकेन्न त्यो क्षमता अब म राख्छु।चुनाबि मैदानमा हार जित स्वभाविक हो । तर मुलिकको परिवर्तनको लागि अब युवा राजनितीमा आउनु पर्छ भन्ने सन्देश दिनको लागि भएपनि मलाई सहयोग गर्नु हुन्छ भन्नेमा म आशाबादि छु । आज सम्म दार्चुलाको आवाज न काठमाडौंले सुन्यो। न दार्चुलेलि जनाताले आफ्नो प्रतिनिधि यो देशको प्रतिनिधि भएको देख्न नपाएको बरु चुनाब हारिन्छ जितिन्छ दार्चुला बाटै चुनाब लडिन्छ।म सँग धेरै ठुला महत्त्वकांक्षा एजेन्डा छैन्न अहिले चुनाबको बेलामा एजेन्डा देखाउने भोलि चुनाब सकिएपछि सुत्ने बिर्सिने र जनतालाई ललिपप खुवाउने काम म गर्दिन्न। बिश्वका बहुमुल्य जटिबुटि दार्चुलामा पाइन्छन। खेतमा आलिमा पाइने तितेपाति चिराइतो लाई संसारको जुनसुकै ठाउमा गएर खुलम खुला बेच्ने कानुन पारित गर्नको लागि पनि मेरो उमेदवारी हो । जटिबुटिको खानीमा जन्मिए पनि सुन लाई नुनको भाउमा बेच्न नसक्दा आज हामी गरिब भएका छौ।मलाई गरिबी हटाउनु छ। दार्चुला लाई दुर्गम बनाउनु छैन।अबको पाचँ बर्षभित्र दार्चुलालाई सुगम भनेर चिनाउनु छ।मेरो उमेदवारी कांग्रेस कम्युनिस्टका बिरुद्ध मा हैन मेरो उमेदवारी शिक्षा स्वास्थ र रोजगारी सग मात्र हो सबै दार्चुला बासी बुवा आमा दाजु भाइ दिदी बहिनि लाई मेरो आग्रह छ पार्टी हैन युवा रोजौ र यसपाली भोट बदलौ उनको भनाई छ।