काठमाडौं , साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्दार गरिएको छ । वैदेशीक रोजगारीका लागि साउदीमा पुगेका जुम्ला गुठिचौर गाउँपालिकाका वडा नंं. १ का ९ जना कामदार अलपत्र परेका थिए । ३ महिना दिनदेखि उद्दारका लागि गुहार गरिरहेका ९ जना जुम्ली ज्ञानेन्द्र शाही जिताऔँ अभियान र सोही गाउपालीका १का वाड अध्यक्ष समेतको सहयोगमा कामदारको उद्दार गरी आईतबार नेपाल फर्काईएको छ। ।
गुठिचौर गाउँपालिका वाड न.१का वडाध्यक्ष अर्जुन कुमार महतारा,राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही,राप्रपाका यूवा नेता अनुप थापा, जयन्त महता , उपेन महता, मदन महता र ज्ञानेन्द्र शाही जिताऔँ अभियानको सचिवालय टिम प्रकाश सिंह नायक र,नविन सन्ज्याल ,गोकर्ण कठायत र बुलन्द शाही को पहल साउदीमा अलपत्र ९ जना जुम्लाका कामदारको उद्दार गरिएको छ । प्रबक्ता तथा प्रतिनिधिसभा उम्मेदबार शाहीले उद्दारका लागि नेपाल र साउदीको राजदुतावास लगायत विभिन्न निकायमा समुन्वय गरि सकुसल नेपाल उद्दार गर्न सफल ईएको भनि बताउछन नेता अनुप थापा ।
उनले भने वडाध्यक्ष महतारा र ज्ञानेन्द्र शाही जिताऔँ अभियानको तर्फबाट मैले आर्थिक सकंलन गरेका थियौं । होलमा ज्ञानेन्द्र शाही जितऔँ अभियानको साँझा पहलमा साउदीमा अलपत्र ९ जनाको उद्दार गरिएको अनुप थापाले बताए । उनका अनुसार सबै सहयोगी हातहरु लाई हृदय देखि नै धन्यबाद।
साउदीमा अलपत्र पर्नेमा गोठिचौर गाउपालिका वडा नम्बर १ का निराजन थापा, डिलबहादुर रोकाय, शान्त बहादुर रोकाय, खडग रोकाय, लक्ष्मी बहादुर रोकाय,प्रताप लामा, एकराज ऐडि,आनन्द रोकाय,जनक बुढा रहेका छन ।
पिडितले भने,“हामिलाई राम्रो तलव दिने कुनै गडबढ नहुने भनी नेपालबाट ‘व्लु ग्यालेक्सी’ कम्पनीले ८ महिना अगाडी साउदी पठाएको थियो । तर साउदीमा ‘क्यू सिएम’ कम्पनीले जुन काम र तलब दिन्छु भनी लिएको थियो त्यो काममा नलगाएर हामिलाई अर्कै काममा लगाई तलब पनि नदिँदा अलपत्र अवस्थामा हामिले ज्ञानेन्द्र दाई लाई र हाम्रो वाड अध्यक्ष लाई सहयोगको लागी अनुरोध गरेका हौ त्यस पछि विभिन्न पहल गरि उहाँहरूले नेपाल ल्याईदिनु भो राज दुतावास पहलदेखि टिकट व्यवस्थापनमा समेत ज्ञानेन्द्र शाही जिताऔ अभियान ले गरेका छन।
उनले भने नेपालबाट बैँक क्लिनर र हस्पिटल क्लिनरको रुपमा पठाइएपनि आर्मी व्यारेकमा काम लगाइदिएको थियो । एकहजार साउदी तलब दिने भनिएपनि आठ सय मात्रै दिएको त्यो पनि पुरा नदिएपछि महिनादिन देखि साउदीमा हामी अलपत्र रहेका हौ।
उनीहरुले आठ महिना काम गरेकोमा जम्मा ६ महिना बराबरको तलव पाएको गुनासो गरका छन् । उनीहरु सबै जना ११ सेप्टेम्बरमा नेपाल आइपुगेका छन । नेपाल आईसकेपछि ‘व्लु ग्यालेक्सी’ मेनपावर कम्पनी बिरुद्ध अनुप थापाको नेतृत्वमा मेनपावर कम्पनि संग बार्ता गरि उहाँहरूले क्षतिपूर्ति समेत माग गरि आफु नेपाल आउदा र जुम्ला पुग्नजेल सम्मको खर्च व्यवस्थापन गर्ने मेनपावर कम्पनीले गरेको र केहि रकम हामिलाई दिएको र बाकि असोज अन्तिम सम्म दिने गरि सम्झौता भएको बताएका छन ।
उद्दारपछि आज गृह जिल्ला जुम्ला जाने र भोली जुम्ला आप्नो घरमा पुग्नेछन।