२९ भदौ, काठमाडौं । आगामी अक्टोबर १६ देखि अष्ट्रेलियामा सुरु हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा भएको छ ।
शकिब अल हसनको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा पूर्व कप्तान मोहमदउल्लाह भने अटाएनन् । अघिल्लो वर्ष युएईमा भएको टी-२० विश्वकपमा मोहमदउल्लाहले नै बंगलादेशको कप्तानी गरेका थिए । तर यस पटक भने उनी टिममै पर्न सकेनन् ।
युएईमा केही दिनअघि सम्पन्न एसिया कपमा टिममा रहेका प्रवेश होसेन इमोन, अनामुल हक, मेहदी हसन र मोहम्मद नइम टिममा परेनन् ।