माडीमा मान्छे खाएको बाघ लाई नियन्त्रण गर्ने टोली घटनास्थल पुगेको छ।
गत २६ गते भैंसी चराउन गएका माडी नगरपालिका वडा नं २ का ६८ बर्षीय सूर्यनारायण अधिकारी लाई बाघले निकुञ्ज को सिमा आसपास क्षेत्र अमिलियामा आक्रमण गरी लुकाएर राखेको थियो। साझ सम्म घर नआएपछि भोलि बिहान खोज्न जाँदा बाघले अधिकारी लाइ खाँदै गरेको अबस्थामा स्थानीय ले फेला पारेका थिए ।
गत आर्थिक वर्षमा निकुन्ज र सामुदायिक वनमा १४ जना र डिभिजन वन क्षेत्रमा दुई जना बाघको आक्रमण बाट मारिएका छन्। बाघको आक्रमणबाट मृत्यु भएको यो आर्थिक वर्षको पहिलो घटना भएको छ । हाल सम्म चार वटा नरभक्षी बाघ लाई नियन्त्रण लिइएको छ। बाँके र चितवनको बाघ सौराहा र कसरामा राखिएको छ।