महान पर्व जितियाको अवसरमा थारु कल्याणकारिणी सभाले जितिया झम्टा कार्यक्रम आयोजना माडीको बसन्तपुर बजारमा गर्ने भएको छ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजनामा आउँदो भदौ ३१ गते शुक्रबार माडीको बसन्तपुर बजारमा जितिया विशेष झम्टा कार्यक्रम सञ्चालन सगै राष्ट्रिय थारु कलाकार बेजोड प्रस्तुति हुने भएको छ । कार्यक्रमको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन भएका छन् ।
भदौ २५ गते बिहान १० बजेदेखि २ बजेसम्म सहभागी टिम दर्ताको समय तोकिए सगै माडीका सबै थारु गाउहरुमा सहभागी हुनका लागी तयारीमा जुटेको छन् !