‘बालेन क्रेज’ बढ्नुमा हाम्रा दलहरुको संरचनाको राम्रो योगदान देख्छु।
दलभित्र आन्तरिक प्रजातन्त्र कमजोर पार्दै लैजाने र शिर्ष नेता झन शक्तिशाली वन्ने खेलमा चाकडी चाप्लुसीमा तल्लीनहरुले मन्त्री र अरु कार्यकारी पद पड्काउने क्रम बढ्दो छ। स्वभाविकै, उनीहरुको लोयल्टी मतदातामा भन्दा नियुक्तीदातामा हुने भो!
मतदातालाई भन्दा नियुक्तीदातालाई रिझाउनु पर्ने भो!! नेतृत्वलाई यस्तो बानी परेपछि ‘ब्रिफकेस’ नवुझाउने र नेतृत्वको स्वार्थमा अलिकती तलमाथि जसले पार्छ, उसको पद चट् । अर्को, पदले दिने लाभ र सुबिधा एकचोटी चाखेपछि पदासिनहरु पनि जसरी हुन्छ आफ्नो पद जोगाउन लाग्ने नै भए। नेतृत्व हितबाट सजिलै पद र पैसा मिल्ने भएपछि पार्टी नेता चिढीन सक्ने लोकहितको नाममा किन टाउको दुखाउने!
यस्तो तरिका संस्थागत वन्दै गएपछि काम गर्छु भन्ने थोरैलाई पनि आफ्नै दलको लाल फित्ता पन्छाउंदैमा हैरान। डेलिभरी त दुरको कुरा। ‘पार्टी चलाउन सरकारी योजना बेच्न सकिन’ भनेको त सुनिएकै हो!
स्वतन्त्र बालेनहरुलाई कम्तिमा पार्टीभित्र हुने यस्तो झंझट सायद छैन।वाचा गरेको काम सुरु गर्न त सक्छन, डेलिभरि हेर्न बांकी भए नि।
केही भएन भनेर गुनासो मात्रै गरिरहनु परेका बेला कसैले सानो काम सुरु मात्रै गर्दा नि त्यसै हाइ हाइ भएको होइन।
बरु ठूला दलहरुले वेलैमा बुझ्नु पर्छ यो संकेत हो, आगामी चुनावमा आफूलाई नसुधारे गंभीर धक्का वेहोर्नु पर्नेछ।
![](https://madipariwartansamayako.com/wp-content/uploads/2022/09/913AD4DA-D4B7-4DB3-95C7-92095C799CC2-1024x571.jpeg)