कंचनपुर, गायक शेरे औजिको स्वरमा रहेको गीत बैतडी है धनगढी आज रिलिज हुने भएको छ। भोज राज जोशी (क्वालिटी ) र अनु खड्काको अभिनयमा रहेको उक्त गीतमा भिम थापाको डाइरेक्सन र दिपेश ठगुन्ना क्यामरा म्यानमा रहेका छन भने भिडियो निर्मातामा स्वयं भोज राज जोशि रहेका छन, पछिल्लो समय समाजसेवा र राजनीतिमा सकृय हुदा कलाकारिता तिर समय दिन नसकेको र अब समय मिलाएर कलाकारिता क्षेत्रमा पनि अगाडि बढ्ने भोज राज जोशी (क्वालिटि) ले बताउनुभयो साथै गीत यात्रामा आधारित र सु.प का सबै जिल्लाहरु समेटिने गरि गाइएको हुनाले दर्शकहरुले उक्त भिडियो त गीतलाइ मन पराइदिने बिश्वास रहेको उहाहरुले बताउनुभयो। सो गीत आज ३ बजे शेरे औजि यु ट्युव च्यानल बाट सार्वजनिक हुनेछ।
