समाजसेवी दीपक देउवाको समाजसेवामा निरन्तरता: गरिब र असहायलाई न्यानोको साथ

– कञ्चनपुर समाचार : स्व. धन बहादुर देउवा (बैदार) र स्व. आमा नारुमति देउवाका कान्छा सुपुत्र, कञ्चनपुरका समाजसेवी तथा उद्योगपति दीपक देउवा, एकपछि अर्को सामाजिक कार्यमा सक्रिय रहेका छन। समाजको सेवामा समर्पित देउवाले पछिल्लो समय विभिन्न स्थानमा गरिब र असहाय वर्गका लागि उल्लेखनीय काम गर्दै आइरहेका छन्।

गत हप्ता मात्रै उनले कञ्चनपुरका विभिन्न स्थानमा न्यानो लुगा वितरण गरी चिसो मौसममा गरिब तथा असहायलाई राहत प्रदान गरेका थिए। यस्तै, उनले दीनदुःखी र असहाय परिवारका लागि घर निर्माणको पहल गरेका थिए। तिलाचौर क्षेत्रमा करिब १४–१५ परिवारलाई पुग्ने पानी ट्यांकी निर्माण गरेर उनी समुदायको दैनिकी सहज बनाउने प्रयासमा समेत जुटेका छन्।

आज पुनः दीपक देउवाले भी.न.पा–१३ मा गरिब तथा असहाय वर्गलाई न्यानो लुगा वितरण गरेका छन्। यो कार्य बरिष्ठ समाजसेवी तथा शिक्षाविद् डा. कृष्ण दत्त जोशी (बोक्सर), समाजसेवी पूर्णानन्द जोशी, वार्ड नं. १३ का अध्यक्ष राम ब. बोहरा लगायतको सहयोगी टिमको सहकार्यमा सम्पन्न भएको हो।

समाजसेवी बलराम एसकेको अगुवाइमा आयोजित कार्यक्रममा वार्डका निम्न वर्गका परिवारले न्यानो लुगा पाएपछि खुसी व्यक्त गरेका छन्। यसले चिसो मौसममा उनीहरूलाई केही सहजता प्रदान गरेको छ।
दीपक देउवाको यस्ता समाजसेवी कार्यले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ भने उनले समाज सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।


