काठमाडौं । क्लिनिक वानले काठमाडौंको मण्डिखाटारमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शाखाको उद्घाटन गरे ।
कार्यक्रममा मेयर अधिकारीले स्वास्थ्य परीक्षण नियमित गर्नुपर्नेमा जोड दिए । क्लिनिक वानका उप कार्यकारी निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यावसायिक भन्दा सेवामूलक दृष्टिकोणले हेर्नुपर्ने बताए ।
यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा सेवा प्रदान गर्दै आएको क्लिनिक वानले मण्डिखाटार शाखामा पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमा ईसीजी, युरिक एसिड, सुगर, कोलेस्टेरोल जाँच निःशुल्क, एक्सरेमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा २५ प्रतिशत छुट र खोप तथा औषधिमा ११ प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।
कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुनिता त्रिपाठी लगायतले स्वास्थ मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।