कंचनपुर : पौष 16
भिनापा ८ तिलाचौरका स्थानिय समेत रहेका स्व धन ब देउबा (प्रधान) र नर्मला देवी देउवाका कान्छा सुपुत्र समाजसेवी तथा उद्योगपति दिपक देउवाले गरेको सामाजिक उत्तर दायीत्वको कार्यले स्थानिय स्तर मा साकारात्मक सन्देस फैलिएको छ।

दिपक देउबाकि धर्म पत्नी हँसा देउवा ,जेष्ठ दाजु कृष्ण ब देउवा ,छिमेकि दाइ भाइहरु बलराम एसके ,गोरख ब पुजारा लगायतका आफन्तीहरु समेत प्रतक्ष रुपमा खटिएका छन् भने उक्त कार्यलाई प्रोत्साहन दिनुका साथै उक्त कार्यको सहि सदुपयोग होस् र साचिकै निम्न ,गरिब असाहय व्यक्तिहरुले नै लाभ लिन पाउन भन्ने हेतुका साथ् प्रतक्ष रुपमा शिक्षा विद ,बरिष्ठ समाजसेवी डा कृष्ण दत्त जोशी बोक्सर अग्रसर भएर खटिएका छन्।

त्यस्तै समाजसेवी पुर्णानन्द जोशी ,धार्मिक व्यक्तित्व टेक ब शाही लगायतका व्यक्तित्वहरुको समेत पूर्ण साथ सहयोग रहेको छ। जसले गर्दा मान्छेको राजनितिकि ,सामाजिक क्षेत्र लाइ हेर्ने दृष्टिकोण पनि साकरात्न्म्क भएको देखिन्छ। पुष १५ मा भिनपाका बिभिन्न ठाउँहरुमा न्यानो लुगा ,कपडाहरु बितरण गरि सके पछि आज भिनपा ८ तिलाचौरमा गरिब ,निम्न,असाहय ,दलित ,जनजाति,बिपन्न समुदायलाई न्यानो लुगा बितरण गरेको छन् ।

भने एकदमै न्यून अवस्था भएका केहि असाहायहरुको घर समेत बनाइ दिने प्रतिबद्धता समेत गरेका छन। देउवा भारतको भ्यानला स्टेल एण्ड एलोइस प्रालि र आरएन स्पाका संचालक हुन् । भिनापा ८ तिलाचौरमा रहेको शिद्ध नाथ मन्दिर (माता कुटीया ) मा सोहि मन्दिर संरक्षण समितिका अधक्ष पुर्ब आर्मी मेजर गोरख ब पुजाराको अधक्षतामा वडा नं ८ का अधक्ष मदनराज मिश्राको प्रमुख आथित्य,बिशिट अतिथि डा जोशी (वोक्सर ) ,पुर्णा नन्द जोशी ,टेक ब सिंह लागायत भिबिन्न व्यक्तित्वहरुको उपस्थितिमा बितरण गरिएको थियो।
पुण्यको काम गर्न पाउदा आफु ज्यादै खुसि हुने र अरु लाइ पनि यस्ता कार्यमा सहयोग गर्न अपिल गर्ने देउवाले बताउनु भयो।

कार्यक्रम मा बोल्दै डा जोशी ( बोक्सर ) ले आफु हृदय देखि नै खुसि भएर यो पबित्र कार्यमा लागि परेको बताउनु भयो , बुवा स्व धन ब देउबाको स्मरण गर्दै दाजु कृष्ण देउबाले हाम्रो बुवाको सत्कर्मले आज हामि सत्कर्म गर्न पाइरको बताउनु भयो ,प्रमुख अथिति समेत रहेका ८ नं का अधक्ष मदनराज मिश्रले यस्ता मन भएका दाताहरुले हामीलाई पनि थप उर्जा प्रदान हुने बताउनु भयो।
उक्त कार्यको प्रसंसा गर्दै स्थानियहरुले भगवान को रुप जस्तै आउनु भयो। हाम्रो आशिर्वाद सधै भरि फापी रहोस भन्दै खुसि ब्यक्त गरेका छन।




