काठमाडौँ : आज राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बझाङ जिल्ला अधिवेसन राजिव भण्डारीको अध्यक्षतामा १५ सदस्य सहित भव्यताका साथ सम्पन्न भएकोछ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट भातृ युवा संगठनले आज बझाङ जिल्ला सदरमुकाम चैनपुरमा जिल्ला अधिवेसन सम्पन्न गरिएको हो। अधिवेसनमा युवा संगठनका केन्द्रिय सदस्य हिमाल शाही र रमेश बागको बिशेष उपस्थिति र जिल्लाका शिर्ष नेताहरूको उपस्थितिमा सम्पन्न भएको जानकारी केन्द्रिय सदस्य रमेश बागले जानकारी दिए
यस संगठनको आगामी मङसिर २२/२३मा केन्द्रिय महाधिवेसन हुनेभएकाले राप्रयुसले ७७ जिल्लामा जिल्ला अिधवेसन धमाधम भईरहेको छ ।
REPOT
WWW.SUSHASANONLINENEWSW.COM