धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनलाई १ ग्राम २३० मिलिग्राम लागुऔषध (हेरोइन) सहित पक्राउ गरेको हो।