राष्ट्रीय शक्ति नेपाल’ को केन्द्रीय कार्यालय लैनचौर मा अभियान का अध्यक्ष केशर बहादुर बिष्ट ज्यु को अगुवाई मा वि पी काँग्रेस का सभापति शुसिल मान सेरचन ज्यु को अध्यक्षता मा वसेको वैठक मा निकट भविष्य मा हुने जनआन्दोलन परिचालन सम्वन्धमा छलफल भएको छ ।
यस अघी , गत चैत्र २३ गते राष्ट्रिय शक्ति नेपाल का अध्यक्ष केशर बहादुर बिष्ट ज्यु को संयोजकत्व र NDA (मोर्चा) का अध्यक्ष किशोरी महतो ज्यु को सहसंयोजकत्व मा , विश्व हिन्दु महासंघ वाँसवारी, नेपाल को लागी नेपाली पार्टी, राष्ट्रीय सरोकार मन्च, शाही युवा शक्ति, देश वचाऔं अभियान लगायत सत्र विभिन्न दल , मोर्चा र संघ संस्था सम्मिलित “२०७२ को संविधान खारेजी महाअभियान” व्दारा आयोजित विशाल जुलूस ले दरवारमार्ग महेन्द्र शालिक वाट भोटाहिटी अशन हुँदै काठमाण्डौ सहर परिक्रमा गरिएको थियो ।