भयरहित भई शान्ति सित बाँचौ
भयरहित भएर शान्ति सित बाँच्नु नै समयको माग हो । यसबाट नै जिवन र जगतको सार झल्किन्छ । आफु पग्लिएर पनि उज्यालो छर्ने, अँध्यारो चिर्ने मैनबत्ति झैँ ठुलो सहास र हिम्मत बोकेर एकत्रित भएमा उसले समाजमा शान्तिरुपि मनका विऊहरु छरी उज्यालो बाटोमा पाईला सारी शान्तमय एंवम भयरहित समाज निर्माण गर्न सक्दछ ।
अहिले हामीहरु समस्यै समस्यामा गुज्रीरहेका छौँ । धेरै मानिसहरु तड्पीएर पीडाको आँसु पिएर बाँचेका छन्, तैपनि बाहिर मिठो हाँसो हाँस्ने प्रयास गर्दैछन्, यो उनिहरुको महानता हो । कति मानिसमा विहान र वेलुका के खाने भनेर सोच्दैमा दिन वित्दछ तर कतिपय मानिस अरुको गाँस खोसेरै भएपनि पुस्तौँपुस्तालाई कमाउन पछि परेका छैनन् । धनाढ्य र ठुलाबढा भनौदाहरुको पेलाईले गरिव झन गरिव नै बनिरहेका छन् ।
प्रकृतिका आफ्नै देनहरु छन् । उसको आफ्नो छुट्टै नियमहरु छन् । खोलानाला, डाँडापाखा, हिमाल, वायु आदि सवैको आ–आफ्नै नियममा बाँधिएका छन् । प्रकृतिको साथ पाएर नै हाम्रो जिवन यर्थाथमय बनाएका हुन्छौँ । सूर्य अस्ताउन वा उदाउन छोडेर आफ्नो नियम तोडेमा जिवनको परिकल्पना गर्न सक्दैनौँ । खोलामा पानि नबगे त्यसले शोभा दिनेकुरा हुदैन । प्रकृतिको यस्ता नियमहरु जस्तै मानिसले पनि आफलाई सिमाभित्र बाँधेर नियमपूर्वक बस्नु जरुरी हुन्छ ।
आजको कलियूगमा मानिस नियम भन्दा बाहिर गएको छ । छाडा छोडिएका जनावरहरु भन्दा मानिस झन छाडा भईरहेका छन् । जनावरहरु त नियमअनुसार चलेका छन्, तर मानिसले नियमलाई लत्याईदिएका छन् । त्यसैले मानिसको आचरण पशुभन्दा पनि निच हुँदै गएको छ । पशुपंक्षिले त हुलमा बसेर आफ्ना सन्ततिलाई माया गरेका हुन्छन्, तर मानिसमा त माया दया भन्ने मरिसकेको छ । हाँस, कुखुरा र अन्य पशुपंक्षिले समेत आफ्ना साना बच्चालाई गुँड बनाई खाना लिएर आई खुवाउने गर्दछन् । त्यस्तै चिलले पनि आफ्ना बच्चालाई विषेश मायाका साथ हुर्काएका हुन्छन् ।
चराचुरुङ्गिले पनि भोका बच्चहरुलाई आहरा खुवाई हुर्काएका हुन्छन् । दिनरात पशुहरु मिलेर बसेका हुन्छन् । तर मानिसहरु दुई दिनको जिन्दगीमा पनि हाँसिखुसि बाच्न छोडेर तेरोमेरो भन्दै काटमार गर्न तयार रहन्छन् । आँफुले हुर्र्काएका छोराछोरी, चेलिबेटी माथि गिद्धे नजरले हेरिरहेका हुन्छन् । परिवारमा बुबाआमा, दाजुभाई, दिदीबहिनी, कसैप्रति पनि प्रेमभाव राख्दैनै । दिनहुँजसो बलत्कार, हत्याहिंसा, अपहरण जस्ता कुकृत्यले प्रश्रय पाईरहेको छ । आखिर मानिस किन पशुभन्दा पनि निच भई रहेको छ ? यसको उचित समाधान नभएमा दिनप्रतिदिन बढ्दो हिंसाले समग्र मानवजिवन नै संकटमा परि अस्तित्व नै लोप नहोला भन्न सकिन्न ।
यस धर्तिमा सृष्टि भएर जन्मिएका हरेक जिवजन्तु आफ्नै चक्रमा घुमेका हुन्छन् । प्रकृतिले नियम नै त्यस्तो बनाईदिएको छ अर्थात् जन्मनु, हुर्कन,ु प्रौढ हुनु, बृद्ध हुनु र मृत्यूवरण गर्नु । यो प्रकृतिको अपरिवर्तनिय नियमहरु नबुझेर अज्ञानी बन्नु मानवजिवनको मुर्खता हो ।
हरेक मानिसको मनमा आशाको त्यान्द्रो झुन्डिएको हुन्छ । मानिस हरेकदिन सुखको खोजिमा भौँतारीरहेको हुन्छ । तर उसले खोजेको सुख के हो बुझ्नै नसकी संसारबाट विदालिनु परेको हुन्छ । प्रकृतिको लिला साच्चै अपरम्पार छ । जिवनको छोटो यात्रामा सकारात्मक कर्महरु गरि मृत्यू अगावै सवैले सम्झीने पूण्यकार्यमा लागि आफ्नो जिवन र जगतलाई अमूल्य र चिरायू बनाउने तिर लाग्नुपर्दछ । मानवजिवन कुमालेको चक्रको माटो जस्तै हो । हाम्रो जिवनको रुपरेखा, आकृति, स्वरुप र पहिचान आफैले बनाउने हो ।
हरेकपल मानिसमा दुई ओटा बाटोहरु तेर्सिएका हुन्छन् । जिवनमा जसले पछिसम्मको उज्यालो बाटोलाई पछ्याउँछ त्यँहा शान्ति मिल्दछ । यसलाई शान्तिको मार्ग भनिन्छ । जिवन भनेकै यर्थाथ चित्रणको पर्याय हो, सुखको संवेग हो । तुरुन्त लाभ लिन खोज्ने, अरुको खुसि चुँडेर संसारीक मोहमा लिप्त हुन खोज्ने क्षणिक आनन्द नै सवै चिज हो भनि सोच्ने र अध्यारो बाटोलाई पछ्याउने व्यक्ति सुखिरहन सक्दैन, उनिहरुमा चिन्ता र जलन मात्र रहन्छ । यो उनीहरुको दुःखको संवेग हो । अन्धकारको कालो र उज्यालो जस्तै सेतो छुट्याउन नसक्ने अर्थात् कालो मै रमाई हिड्न खोज्ने मानिस धर्तिका बोझ हुन, शान्तिका भक्षक हुन ।
भूँई अन्धकार छ तापनि माथि धेरै माथि आकाशमा जुनतारा चम्किरहेको हुन्छ । यस धर्तिमा परिवर्तन गराउन सकिने अन्धकारमय दियोको मधुर तर स्वच्छ उज्यालो भए जस्तै चेतनाका उज्यालो प्रकाशहरु समाप्त भएका छैनन् । चम्किलो दियोहरु निम्नलाग्दा तेल थपेर उर्जाशिल बनाउन सकिन्छ । त्यस्तै हाम्रो मनमा स्वच्छ भावनारुपी तेल थपेर आफैमा उर्जा दिएर संसारलाई शान्तिको बाटोमा डो¥याउन सकिन्छ । घरपरिवार, समाज हुदै आफुभित्रको अहम हटाई समग्र राष्ट्रप्रति शान्तिपूर्ण अर्जुनदृष्टि मार्फत संसारलाई खुसीको वाहार ल्याई झिलिमिलि बनाउन सकिन्छ ।
संसार आज मानिसकै कारण असुरक्षित छ । सवैतिर उज्यालोमा अन्धकार छाए जस्तै भएको छ । आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि ठुलाठुला सोच्न नसकिने हत्या, हिंसा, अपराध, भ्रष्टाचार, कुसंस्कारको जालोले हाम्रा संन्ततिहरुको भविस्य कता जाने हो सोच्न सकिने स्थिति पक्कै छैन । तसर्थ, भयभित भएर शान्तिस्थापना गरि समग्र समाजलाई भयरहित एवम शान्तिमय बनाएर बाँच्नु नै आजको एक मात्र आवश्यकता हो ।